एनसिसिमा अखिल क्रान्तिकारीको संगठन

काठमाडौँ : ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका लागि हाम्रो आन्दोलन भ्रष्टाचार मुक्त र प्राज्ञिक एन.सि.सि. निर्माणका लागि २१ औं इकाई सम्मेलन’ भन्ने मुल नाराका साथ काठमाडौँको बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसको इकाई सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले कृष्ण खड्काको अध्यक्षतामा ३५ सदस्यीय इकाई समिति निर्माण गरेको छ । जसको उपाध्यक्षता प्रकाश कठायत सचिवमा धनराज विक र कोषाध्यक्षमा किरण साउद रहेका छन् । सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, उपाध्यक्ष रुद्र भटराई, सचिव सन्तोषी भटराइर्, कोषाध्यक्ष नरेन्द्र विक, केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज ललित विश्वकर्मा, टि.यु. जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमल बडुवाल लगायतका उपस्थित थिए । यस्तै पूर्व क्याम्पस जिल्लाका नेताहरु विनोद लुईटेल र दिपेश शाहीपनि उपस्थिति थिए । यस्तै त्रिचन्द्र क्याम्पसमा रविन केसी अध्यक्ष र प्रकाश शाही सचिव रहेको २७ सदस्यीय इकाई समिति गठन भएको छ । शनिवार भएको इकाई सम्मेलनबाट उक्त समिति गठन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । 
२०७५ वैशाख १० गते सोमबार बिहान ११ : ४० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्