लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस 

काठमाडौँ  :  राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर आन्दोलन गरिराखेको नेपाल कम्युनिस्ट पार्टीले १ सय ४८ औं लेनिन जयन्ती तथा ६९ औं नेकपा स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको उपस्थितिमा जनता, नेता र कार्यकर्ताको सहभागितामा लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस मनाइएको छ । केपी ओली र प्रचण्डको गठबन्धन सरकारले नेपका नेता÷कार्यकर्तालाई विना कारण गिरफ्तार गरी बेपत्ता पारिरहेको छ । र उनीहरुले आफूलाई कम्युनिस्ट भएको भ्रम जनतामा फैलाइ रहेका छन् । 
 
केपी र पिकेले पनि काठमाडौंमा लेनिन जयन्ती र पार्टी स्थापना दिवस संयुक्त रुपमा मनाएका छन् । तर उनीहरुको कार्यक्रम शुरु हुने बित्तिक्कै गाई जात्रा भएको थियो । एमाले र माओवादी केन्द्रका बीचमा वैशाख ९ गतेका दिन पार्टी गर्ने घोषणा १ महिला अगाडि नै गरिएको थियो । तर उनीहरुका बीचमा पदको लेनदेनमा नमिले पछि पार्टीको कार्यक्रमलाई स्थगन गरिएको जनाइएको थियो । पार्टी एकता नभए पनि एकताको सन्दैश दिने भनेर केपी ओली र प्रचण्डले मात्र बोल्ने गरी कार्यक्रम तय गरिएको थियो । तर वार्ता संयोजन समितिले तयार पारेर ल्याएको कार्यक्रममा पाँच वटा गुरुहरुको फोटो कतै पनि राखिएन राखिएन लेनिन जयन्ती भनिएको उक्त कार्यक्रममा लेनिनको फोटो पनि राखिएन । त्यसले गर्दा एमाले र माकेका कार्यकर्तामा आक्रोस पैदा भयो । उनीहरुले हलबाट लेनिनको फोटो राख्नु पर्ने गरी होहल्ला नै मचाएका थिए । त्यही कारणले गर्दा निर्धारित समयभन्दा ३ घण्टा ढिलो गरी कार्यक्रम शुरु भएको थियो । 
 
यसरी कुनै पनि गुरुहरुको फोटो नराख्नुको कारण कुनै प्राविधिक कमजोरी नभएर नियत हो । गएको मंसीरमा विजयकुमारलाई अन्नपूर्णमा अन्तरवार्तामा हाफ्नो पार्टी कम्युनिस्ट नाम मात्र हो । तपाईको नाम विजय कुमार हुने बित्तिक्कै तपाईले जितिराख्नु भएको छ र भनि प्रतिप्रश्न गरेका थिए । आजको कार्यक्रममा गुरुहरुको फोटो नराख्नु ट्रायल मात्रै हो । यदि कसैले विरोध नगरेको भए कुनै पनि नेताले नयाँ ब्यानर बनाउनतिर लाग्दैन्थे । 
 
२०७५ वैशाख ९ गते आइतबार अपरान्ह ९ : २५ मा प्रकाशित
      
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :