जनपरिषद्ले देशको जिम्मा लिन्छ : उमा भुजेल ‘शिलु’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य तथा जनप्रतिनिधिसभाकी उपप्रमुख उमा भुजेल ‘शिलु’ले जनपरिषद्ले देशको जिम्मा लिने वताएकी छिन् । पश्चिम रुकुमको प्रथम जिल्ला जनपरिषद्को उद्घाटन गर्दै उपप्रमुख भुजेलले प्रचण्ड–बाबुरामलाई दलाल बनाएर जनसत्ता विघटन गरेपनि आफ्नो पार्टीले जनसत्ता ब्युँताउने घोषणा गरेकीछिन् । अधिवेशनबाट अनिता विश्वकर्मा  अध्यक्ष र टेकबहादुर पाण्डे उपाध्यक्ष रहेको २७ सदस्यीय जिल्ला जनप्रतिनिधिसभा गठन गरिएको छ । यस्तै चन्द्रबहादुर खड्का प्रमुख र विष्णु ओली उपप्रमुख रहेको ९ सदस्यीय जिल्ला जनपरिषद गठन गरिएको छ । अधिवेशनलाई नेकपाका राप्ती ब्युरो इन्चार्ज सुभास, केन्द्रीय सदस्य सितल, केन्द्रीय सदस्य तथा रुकुम इन्चार्ज अटल, पूर्वी रुकुम सेक्रेटरी नरेन्द्र विश्वकर्मालगायतका नेताहरुले सम्बोधन गरेका छन् । अधिवेशनको अध्यक्षता तेजकुमारी मल्ल र गम्भीरले संचालन गरेका थिए । नव निर्वाचित समितिलाई प्रमुख अतिथिसहित नेताहरुले अविर लगाएर बधाई दिएका थिए ।  आइतवार सम्पन्न अधिवेशनमा व्यापक स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रममा सिस्ने जनसाँस्कृतिक परिवारले बीचबीचमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । 
 
२०७५ वैशाख ९ गते बेलुका ५ : ५५ बजे प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :