सम्मेलनपछि ट्रेड युनियनले देशव्यापी अभियान चलाउने 

काठमाडौँ  : अखिल नेपाल क्रान्तिकारी संघसंस्था श्रमिक संघको छैटौँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल (क्रान्तिकारी) टे«ड युनियन महासंघका केन्द्रीय संयोजक अमर झाँक्रीले अहिलेसम्म सरकारले नेपाली युवाहरुलाई बेचेर सत्ता चलाइरहेको भन्दै आफ्नो पार्टीले ल्याउन खोजेको वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्पूर्ण मजदुरहरुका समस्या समाधान हुने वताए । संगठन सिद्धान्त, विचार र भावनायुक्त लाल र निपुणहरुको संयोजन भएको बताउँदै संयोजक झाँक्रीले वैशाख १८ गते पोखरामा हुने महासङ्घको राष्ट्रिय सम्मेलनपछि मजदुर संगठनले देशव्यापी अभियान छेड्ने र युनियनलाई जुझारु रुपले अघि बढाउने पनि बताए । सम्मेलनमा रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाई, महासंघका कार्यालय सदस्य गोकुल दाहाल, विनोद थापा, शिशिर थापा र सम्पूर्ण पेशागत संगठनका केन्द्रीय अध्यक्ष सहभागी थिए । सम्मेलनले एलबी थापाको अध्यतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ जसको उपाध्यक्षमा यादव निरौला, महासचिवमा रवीन नेपाली सदस्यहरुमा विनोद सिर्पाइली, हरिराम दाम, राम्रप्रसाद थापा, राम बन्जाडे, राम घिताङ, आशा राई, रमेश खड्का, विमला थापा रहेका छन् । कार्यक्रमको अध्यक्षता एलबी बुढाथोकीले गरेका थिए भने सञ्चालन रवीन नेपालीले गरेका थिए ।
 
२०७५ वैशाख ९ गते आइतबार २ः३५ बजे प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :