भक्तपुरमा मेयरमाथि आक्रमण

काठमाडौं  : भक्तपुरको मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । गठ्ठाघरस्थित उनकै निवासमा नचिनेका दुईजनाको समूहले आक्रमण गरेको बताइएको छ । शनिबार भएको उक्त आक्रमणबाट क्षेष्ठकोे गाडीको सिसा फुटेको छ । मेयर श्रेष्ठले नगरपालिकामा काममा ढिलासुस्ती गरेको, आर्थिक क्षेत्रमा अनिमियतता गरेको जनगुनासोहरू आइरहेको बेला यस्तो आक्रमण भएको हो । स्थानीय तहमा जनप्रतिनिधिहरूले चुनावको बेला जनताका सेवामुलक काम गर्ने प्रतिबद्धता गरे पनि उनीहरुले कराडौं रुपैया भ्रष्टाचार गर्ने कमिशन खाने र अत्याधिक कर वृद्धि गरेको जनगुनासो आउने गरेको छ ।

२०७५ वैशाख ९ गते आइतबार ११ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :