संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद : बुढा मगर

 
काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय जनसरकारका प्रमुख सन्तोष बुढा मगरले पुरानो संसदीय व्यवस्थालाई विस्थापीत गर्दै नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भएरै छोड्ने बताएका छन् । आफ्नो पार्टी समाजवादी सत्ताको अभ्यासमा रहेको बताउदै नेता बुढामगरले देशब्यापी रुपमा प्रदेश, जिल्ला र स्थानीय स्तरमा धमाधम जनसत्ताहरु गठन पुर्नगठन भइरहेको जानकारी दिएका छन् । शनिवार तनहुमा आयोजीत जिल्ला जनपरिषदको भेलालाई सम्बोधन गर्दै नेता बुढामगरले एकीकृत जनक्रान्तिको माध्ययबाट स्थापना हुने बैज्ञानिक समाजवादी व्यवस्थामा मात्र जनताका सवै खालका समस्याहरु समाधान हुने बताए । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा गण्डक ब्यूरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’, तमुवान स्वायत्त प्रदेश प्रमुख किसान सिंह गुरुङ, जिल्ला इन्चार्ज पूर्णजीत पुन ‘उभार’ लगायतको उपस्थिति रहेको थियो । भेलाले शिवशंकर अधिकारी प्रमुख रहेको ११ सदस्यीय जिल्ला जनसरकार गठन गरेको छ । यस्तै रामराजा प्रमुख रहेको २७ सदस्यीय जिल्ला जनप्रतिनिधिसभा पनि गठन भएको छ ।
 
 २०७५ बैशाख ९ गते आइतबार १० : ०५ बजे प्रकाशित 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :