नेकपाले कतै पनि सैन्य बेश क्याम्प बनाएकाे छैन

 

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ । सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले आफ्नो पार्टी देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढिकरणमा लागेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका छन् । केही विद्युतिय अनलाइनमा प्रहरीको हवाला दिंदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीको हरिहरपुरगढि गाँउपालिमा सैन्य बेशक्याम्प संचालन गरेको भन्ने समाचार प्रसारण गरेका थिए । सोही विषयमा प्रतिकृया दिंदै नेता विरहीले आफ्नो पार्टी विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलनमा लागिरहेको तर कुनै सैन्य गतिविधिमा नलागेको बताएका छन् । यस्तै नेकपाका जनकपुर ब्युरो सदस्य राजु कार्कीले आफ्नो पार्टीले सामुहिक समाजघर बनाउने योजना बनाएको तर कुनै सैन्य गतिविधि नगरेको स्पस्ट पारेका छन् । उनले बिनाकारण पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई झुटा मुद्दामा फसाउनको लागि हातहतियार सहित विप्लवका कार्यकर्ता पक्राउ गरेको भन्ने प्रचार गरेको बताएका छ्न् । साथै, उनले आफनो पार्टीका राजन र पुर्णबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । उनीहरु दुवै जनालाई बाटोमा हिडिरहेको बेला सर्लाहीको बाग्मति नपा वडा नं. १ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । राजन नेकपाका सर्लाही सेक्रेटरी हुन् भने भुजेल पढ्नको लागि कोठा भाडामा लिएर बसेका विद्यार्थी हुन् ।

२०७५ वैशाख ८ गते शुक्रबार अपरान्ह ५ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :