मैले सत्य बोलेँ : आरपी तिमिल्सिन

 

 

मेरा बाले बडो जतनसाथ पालेको
ठूलो मान्छे बनाउने सपना सजाएको
जब समय पुग्यो
छोरो डाक्टर बन्न सकेन
पाँच वर्षपहिले बीस लाख नपुगेर
बाबाका सपनाका केही सिँढी झरेर
छोरालाई मास्टर बनाउने योजना बन्यो
बाबाले मलाई भन्नुभयो,
‘अब कमाउने तेरो पालो
सुख पाउने मेरो पालो’
मैले मास्टर नबन्ने बरु,
धेरै विद्यार्थी पढाउने र,
न्यायपूर्ण समाज निर्माण गर्ने
नयाँ विद्रोहको गीत गाउने
कसम जब सुनाएँ बाबालाई
म घरबाटै लखेटिएँ
किनभने मैले सत्य बोले“ ।

सत्यको बाटोमा तमाम काँडेघारी थिए
हिँड्दै थिएँ– घाइते भएँ
हाम्रै पसिनाका – विदेशबाट त्याइएका
लठ्ठी, बुट बन्दुकबाट पिटिएँ
धेरै दुख्यो– घाउ अझै पिरोल्दै छ
मेरै गाउँको बेतको लठ्ठीले पिटेको भए
मेरै बारीको खेतको अन्न खाएको भए
मेरै देशको सिपाहीले आदेश गरेको भए
मलाई अलिकति कम दुख्थ्यो
पुर्खासम्मका निलडाम बोकेर
मलाई मुन्ट्याइयो अन्धो अदालतमा
मलाई सोधियो,
‘भन् कानुन मान्छस्
कि आतङ्ककारी बन्छस्’
मैले सहज उत्तर दिएँ–
तिम्रो जँड्याहा कानन मान्नुभन्दा
मेरो रोजाइको लालआतङ्क नै ठीक
सरासर म कारागार कोचिएँ
किनभने मैले खसखास सत्य बोले“ ।

काराबासको निचोरिएको ज्यानसहित
म बोलाइएँ मध्यदिनमा
ध्वाँसे फलामे ढोकाबाहिर
गोरो मुख र गरुङ्गो मनसहित
मेरै प्रेमिकाको दुर्लभ उपस्थिति
नियास्रो मनसहित
भावनाहरूका वर्षा ग¥यौ
नारी मन रु“दै भनिन्,
धोकेबाज मलाई एक्लो पार्दै
कुन जुनीको साटो फे¥यौ
मलाई घरको न घाटको बनायौ
भन मलाई साफसाफ भन
मेरा सङ्गीहरूका अगाडि
मैले सुनाएका मेरै कथाहरूका
कुन अनुहारले जवाफ दिऊँ
कि त म अब विष पिऊँ
म मन हाँस्दै अनुहार बिगारेको
विश्व विजेता बन्ने सपना सजाएको
मुक्ति वा मृत्युको कसम खाएको
असङ्ख्य प्रेमजोडीलाई खुसी पार्ने
वा मेरै प्रेमिकालाई गहनाले सिँगार्ने
मलाई दुविधाको लहना अब रहेन
मैले यन्त्रवत् जवाफ दिएँ
प्रिय म तिमीलाई सङ्घर्षबाटै
मँयुरझ“ै मन नाच्ने सुख दिन्छु
जति म¥यो झन् बाँच्ने सयल दिन्छु
रोज प्रिय तिम्रो इच्छा
एक्लै मुस्कुराउँछौ वा सामूहिक खित्का छाड्छौ
…लामो निश्वासपछि
उनको अनुहारमा बादल मडारियो
मैले कोमल नारी हृदय बुझे“
अनिच्छावश बिदाइको हात हल्लाए
म आफ्नै मान्छेको मनभित्रको जेलबाट
छुट्कारा पाए वा गोलघरमा कोचिएँ
जेहोस् जीवनमा मैले सधै“ सत्य बोले ।
स्रोत रातो खबर साप्ताहिक
२०७५ वैशाख ७ गते शुक्रबार बिहान ११ ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्