पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ : नेकपानिकट जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ । सो संगठनहरूले संयुोफआज काठमाडौंको भोटाहिटीमा संयुक्त  कार्यक्रम आयोजना गरी ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै जनविरोधी हर्कतको विरोध गरेका हुन् । सो विरोध कार्यक्रममा बोल्दै जनवर्गीय संगठनका नेताहरूले वामपन्थी भनिएको ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि नघटाए थप संघर्ष कार्यक्रम घोषणा गर्ने बताएका छन् ।  उनीहरुले पटक–पटक जनताका ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिले जनताको जनजीवनमा प्रत्यक्ष नकारात्मक असर मात्र पारेको र दैनिक उपभोग्य वस्तु र सेवामा समेत कृत्रिम मूल्यवृद्धि गरी जनताको जनजीवन थप कष्टकर बनेको भन्दै भत्र्सना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :