नेकपाका केन्द्रीय नेताहरु गिरफ्तार / कमान्ड इन्चार्ज विरहीको आपत्ति

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष देवनारायण शाह , पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य राम लखन महत्तो, धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवारका धनुषा जिल्ला अध्यक्ष यादव कवारीलाई धनुषा प्रहरीले गिरफ्तार गरेको छ । बिहीबार बिहान ८ बजे पूर्व सभासद तथा केन्द्रीय सल्लाहकार राम लखनको महत्तो घर महेन्द्रनगर बजारबाट गिरफ्तार गरेको हो । पार्टी संगठनको विशेष कामले जम्मा भइरहेका नेताहरुलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको प्रति पूर्वी कमान्ड इन्चार्ज विरहीले विज्ञप्ति जारी गर्दै बिना सर्त रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्ने बताउनु भएको छ ।
२०७५ वैशाख ६ गते बिहीबार बिहान १० ः ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :