शिक्षकहरु गिरफ्तार

काठमाडौं : केपी ओली सरकारले आफ्नै विद्यालयमा कार्यरत शिक्षकहरुलाई दमन गर्न थालेको छ । श्रमविभागमा दर्ता भई शैक्षिक र पेशागत सुदृढिकरणमा लागि परेको अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई वैशाख ४ गते धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाट पुलिस प्रशासनले गिरफ्तार गरेको छ । अखिल नेपाल शिक्षक संगठनको क्षेत्र नम्बर १ को बैठकमा गएका केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश लिम्वु, महासचिव रमेश रुपाखेती, केन्द्रीय सदस्य युवराज गौतम लगायतका १० जनालाई गिरफ्तार गरेको छ ।

रमेश रुपाखेती

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले उक्त गिरफ्तारीको विरोध गर्दै विज्ञप्ती निकाल्नु भएको छ । विज्ञप्तीमा उहाँले भन्नु भएको छ, शान्तिपूर्ण तरिकाले संगठनको बैठकका लागि गैरहेका बखत शिक्षक नेताहरुलाई गरेको गिरफ्तारको हाम्रो संगठन विरोध गर्दछ भनिएको छ । यसै गरी नेपालका अन्य शिक्षक संगठनहरुले पनि विरोध गरेका छन् ।
२०७५ वैशाख ४ गते मंगलबार बिहान १० : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :