एका बिहानै मोरङमा आगजनी र तोडफोड

 
काठमाडौं : नेकपाका नेता किरण राईसहितको गिरफ्तारी र झुटठा मुद्दा खारेजीको माग गर्दै आजको पूर्वी कमान्ड बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताले जिसमिसेदेखि नै यातायातको साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौंबाट काकरभिट्टा जादै गरेको यात्रुबाहक रात्री बसलाई पुर्वपश्चिम राजमार्गको काने पोखरीमा आगजनी भएको छ । त्यसैगरी सुन्धहरिचामा एउटा मिनि ट्रक र अर्को ट्रिफरमा आगजनी भएको छ । त्यसैगरी मोरङ बेलबारीमा २ वटा ट्रकमा आगजनी भएको छ । मोरङ उता उर्लाबारीस्थित राजमार्गमा बन्द कर्ताले टायर बालेर राजमार्ग अवरूद्ध गरेका छन् ।
२०७५ वैशाख ४ गते बिहान ५ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :