बन्दको पूर्व सन्ध्यामा पूर्वको विभिन्न जिल्लामा मशाल जुलुस

 

काठमाडौ : नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईसहित ८ जना नेताकार्यकर्ता रिहाई नगरेको भन्दै सो पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार पूर्वी कमान्ड बन्दको पुर्व सन्ध्यामा सोमबार साँझ पूर्वको विभिन्न जिल्लामा मशाल जुलुश निकालेको छ । यसैबीच धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ५ नौ सयटोल र धनुषाधाम नगरपालिकाकै २ स्थित पुर्वपश्चिम राजमार्गमा रहेको सिसमपुर पुरनदाहामा धनुषाधामकै १ नं. वडामा रहेको तेजनगरपालिकामा समर्थक सुभचिन्तक र पार्टीका कार्यकर्ताहरुले मशाल जुलुस निकालेका छन् । यसैबीच सिरहाको कर्जनाहा १ बरहराचोक र सिन्धुलीको हरिहरपुरगडी ७ क्यान खोला सिन्धुलीकै हरिहरपुरगडी ८ नं. खोलाको कालीलेकमा मशाल जुलुश निकालेका छन् । यसैबीच सप्तरीको बोदे बर्साही नगरपालिका ५ बराहा, मोरङको बेलबारी नपा स्थित पुर्वपश्चिम राजमार्गमा रहेका लक्ष्मीमार्ग झापाको दमक, मेचीनगर, कुमरखोद र ढुकुरपानीमा पनि मशाल जुलुस निकालेको हाम्रा विभिन्न जिल्लाका संवाददाताले जनाएका छन् ।
२०७५ वैशाख ३ गते सोमबार अपरान्ह ११ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :