अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो २६ बुँदे मागपत्र सहितको ज्ञापन पत्र

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला सम्मनवय समिति दोलखाले जिल्लामा सबै क्षेत्रमा कार्यरत मजदुरहरुका मागसहितको ग्यापन पत्र बुझाउँदै, प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला स्थित पारिश्रमिक निर्धारण समिति र श्रम कार्यलयको ध्यानाकर्षण गराएको छ । मजदुर वर्गले आफ्नो हक र अधिकारको निम्ति चौतर्फी प्रतिरोधमा उत्रनु परेको वर्तमानको परिश्थितिलाई उजागर गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला सम्मनवय समितिले बुझाएको उक्त ग्यापन पत्रले मजदुरहरुले आफ्नो पूर्ण मुक्तिको फैशला आफैले घोषणा नगरेसम्म प्रतिरोधको शृखला झन् ससक्त अघि बढ्ने र महासंघ त्यसको नेतृत्व लिन निसंकोच रुपमा तयार रहेको उल्लेख गरेको छ ।
देशमा, विद्यामान उत्पादन प्रणालीका कारण नेपाली श्रमिक वर्ग अत्यन्तै न्युन ज्याला तथा पारिश्रमिकका बावजुद आफ्नो श्रम बेच्न बाध्य रहेको छ, दैनिक असुरक्षित रोजगारीका निम्ति बिदेशिनु परेको छ र पुर्ण आयातमुखी अर्थतन्त्रका कारण असंख्य स्वरोजगार मजदुरहरु पलायन बन्दैछन । श्रमिक मुक्तिको सामाजिक दाइत्व बोकेको महासंघ एउटा उच्च न्यायिक समाज व्यवस्थाको पक्ष्यमा उभिएको देखिन्छ ।
अध्यक्ष सरोजद्वारा हस्ताक्षरित ग्यापनमार्फत तत्काललाई राज्यको सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि यस लगत्तै चरणबद्द रुपमा व्यवसाय तथा प्रतिष्ठानहरुलाई सम्बन्धित बिषयमा जानकारी गराउने र श्रम क्षेत्रका दलाल, रास्ट्रघाती तथा माफिया लगानी विरुद्ध थप संघर्ष संचालन गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । साथै न्यायप्रेमी श्रमिकहरुका जायज माग पुरा गर्न सबै राष्ट्रवादी र सचेत नागरिकहरुले सहकार्यको भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ ।
२०७५ वैशाख ३ गते मध्यान्न १२ : १७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :