पत्रकार घर्तीमगर गिरफ्तार

Pustaman-1रोल्पाः बैशाख २६, पत्रकार पुष्टमान घर्तीमगरलाई मंगलबार विहान ९ बजेतिर प्रहरीले बिना कारण गिरफ्तार गरेको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाको दसौं जिल्ला अधिवेसनमा सहभागीता जनाई बजारमा हिडिरहेको अवस्थामा मगरलाई रोल्पा सदरमुकाम लिवाङबाट गिरफ्तार गरिएको हो ।

सोमबार लिवाङमा सम्पन्न अधिवेशनबाट घर्तीमगर प्रदेश पार्षदमा निर्वाचित भएका छन् । निर्वाचित भएको घोषणाको केहीसमयपछि गिरफ्तार गरिएको लिवाङवाट पत्रकर जन्मदेव जैसीले बताएका छन् । उहाँ विनाकारण गिरफ्तार भएपछि चौतर्फि विरोध भएको छ ।

रातोखबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ले पत्रकार गिरफ्तारीको निन्दा गर्दै उहाँलाई विनासर्त सिग्र रिहा गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :