जनपरिषदद्वारा बोर्डिङ स्कूल बन्द

 

काठमाडौं : जनपरिषद बाँकेले कोहलपुर स्थित बृज इन्टरनेशनल स्कूलालाई बन्द गरिएको घोषणा गरेको छ । न्याय विभागका प्रमुख सविताले एक प्रस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी द्यिउका छन् । वक्तव्यमा भनिएको छ “उपरोक्त सम्बन्धमा वृज इन्टरनेसनल स्कूल कोहलपुर बाँकेका पुर्व संस्थापक प्रिन्सिपल जंगबहादुर डाँगी भएको बुदा सर्वविदितै छ । हाम्रो थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपाल प्रादेशिक न्याय विभागले सुरुमा हाल विद्यालयका प्रिन्सिपल लक्ष्मण कुमार भट्टराई, करार नामा गर्ने यम बहादुर गैरे, चक्र अधिकारी, नविन खड्का, कमल खड्का, लिल ब. राना, बसन्त हमाल (जंग डाँगीलाई दुव्र्यवहार गर्ने चक्र अधिकारीले सटको कलर समाती यतिसम्मकी पाइन्टको चयन खोली लिङ्ग सम्म देखाएको) लगायतलाई जानकारी पत्र लेखियो त्यसको कुनै जवाफ, वास्ता भएन इनिहरुलाई बारम्बार फोन गरियो । सम्भव भएसम्मकालाई भेटी छानबिन गरी पिडीतलाई न्याय दिई विद्यालयको टुङ्गो लगाई दिने हाम्रो ध्यय थियो र बयानका लागि बोलाइयो त्यसपछि धेरै तिगडम बाजी पनि भए हामी बोर्डको बैठक नबसी बयान लेखिन्न भन्ने जवाफ पनि आयो चक्र र लिल बहादुरले बयान लेखे जस्तो पनि गरे, एकदिन विद्यालयमा पुग्दा यम बहादुर गैरेले विद्यालयमा अडिटर साप आउनु भएको छ, अडिट भैराखेको छ भनेपछि अझ प्वाइन्ट प¥यो भन्दै अडिटरलाई यो विद्यालयको मुद्धा हाम्रो पार्टीमा छ । राम्रो संग विगत र वर्तमानको अडिट गरी एकप्रति हामीलाई पनि उपलब्ध गराउनु होला भन्दा त एक जना विद्यालयकै एकाउन्टेन्ट र (अर्को दुई जना फाउन्डर हुनुहुदो रहेछ ।” यसै गरि वक्तव्यमा अघि भनिएको छ “जंग बहादुर डाँगीकै पार्टनर तिर्थ हमालले पनि मुद्धा हालेको थियो । तिर्थ हमालले फटाहाहरुसंग बिकी जंग बहादुर डाँगीलाई धोका दियो र पछि तिर्थ हमालको नेतृत्वमा काठमाडौं जमलको बुद्धमल नजिकको होटलमा गुंडा लगाएर जंग बहादुर डाँगीलाई दुई दिन सम्म अपहरण गरेर कुटपिट गरी तिर्थ हमालले पाउने रु.७०,००,०००।– अक्षरुपी सत्तरी लाख पाउने कागज घरवालको नाममा पाउने रु. ३५,००,०००।– अक्षरुपी रु. पैतिसलाखको कागज घरवालाकै नाममा, रु. ४०,००,०००।– अक्षरुपी रु. चालीस लाखको चेक (पन्ध्र दिन भित्र बुझाउने गरी) हमालकै ज्वाई कर्णबहादुर सिंहको नाममा रु. ५,००,०००।– अक्षरुपी रु पाच लाखको कागज बनाएर तीन दिनका दिन छोडिदिए । त्यसपछि जंग डागीले तिर्थ हमाल लगाएतको नाममा किटानी सहित अपहरणको मुद्धा बालाजु प्रहरी कार्यालयमा दर्ता गराए त्यसको भोली पल्ट जंग डाँगीलाई बालाजु प्रहरी कार्यालय बोलाएर कोहलपुर ईलाका प्रहरी कार्यालयमा तपाईलाई ठगी मुद्धा परेको छ भनेर अपहरणकारीलाई खोजी कारवाही गर्नुको सट्टा जंग डाँगीकै पैसाले दुई जना प्रहरी जवान सहित टिकट र खाना खुवाई कोहलपुर ईलाकामा बुझाएको छ भने हालसम्म जंग डाँगी हीरासतमै छन् । सोही समयमा यता फटाहहरुको टिमले विद्यालय खोल्दा विद्यार्थीको नाममा पैसा डोनेसन गर्ने रु. ३,००,०००।– अक्षरुपी रु. तीन लाख लिई कक्षा १० सम्म आवासिय व्यवस्था सहित पठनपाठन गर्ने व्यवस्था मिलाउछु भन्दै र डोनेसन गरेको रकम फिर्ता भनि राखेकोमा पछि जंग डाँगीले ५,१२,००,०००।– अक्षरुपी रु. पाच करोड बाह्र लाखमा छ जना संग करार नामा सहित पास गर्दा विद्यार्थीलाई पढाउने र पछि फिर्ता गर्ने भन्दा मानेन । उल्टै जंग डाँगीलाई दुव्र्यवहार गरियो । त्यसको दुई दिन सम्म पनि जंग डाँगी विद्यालयमा आएको देखिन्छ भने कलिला बालबालिकालाई विद्यालयबाट निष्काशन गरि ‘‘पढ्ने भए पैसा ल्याउ होइन भने विद्यालयबाट जाउ’’ भनी मानसिक यातना दिईयो । जंगडागीको सम्पति यही छ पछि कटाउला विद्यार्थीलाई मानसिक तनाव नगराउ भन्नको नाममा करार नामा गर्नेहरुले सोच्न सम्म सकेनन् । हाम्रो जन परिषद् नेपालले मुद्धा हेरेपछि भित्र भित्र भुसको आगोझै फैलिएको देखियो । अहिले उल्टै तिनै बालबालिकाको नाममा काठमाण्डौंमा अपहरण गर्ने मध्यको एक जना सदस्यको सासु कृष्णा कुमारी ठकुरी (जसले ४०,००,०००।–को चेक र ३५,००,०००।– को कागज पनि गराएको छ ।) उनीहरुलाई उचालेर जंग डाँगीलाई ठगी मुद्धामा हिरासतमा फसाईएको छ 

जंग डाँगीले पार्टनर राखेको तिर्थ हमाललाई किनेर करार नामा गरेको पाँच महिना पछि हुनै नसक्ने पुनः मुल्याङ्कन भनेर झ्यालढोका मर्मत, रंगरोगनमा अनावश्यक शिर्षकमा खर्च गरेर एक पक्ष मात्रैले पुनः मुल्याङ्कन गरेर आत्मारती लिइरहेका छन् । मान्छेको मानवीय मुल्य कति ? वस्तु किनबेच गर्दा मूल्याङ्कन एक पटक गरिन्छ । बैधानिक अवैधानिक पहिल्यै हेरिन्छ । त्यो पनि भएन अहिले विद्यालयमा बाटो छैन । केदार ढकालले वरपर घडेरी बेच्यो बाटो पनि अन्तै बेच्यो, हरेक चिजको सिमा नाघेपछि के हुन्छ । हामीले विद्यालय बन्द पहिल्यै गराउने थियौ । विद्यार्थी अभिभावक र शिक्षकको भविष्य जोडिएको हुदा उहाहरु माथि मध्यनजर गर्दै रिजल्ट नआउदा सम्म मौन बस्यौ । आज २०७५ साल वैशाख १ गते सबैलाई नयाँ वर्षको शुभकामना दिदै वृज ईन्टरनेशनल स्कूल आजैको मिति देखि बन्द गरिएको जानकारी गराउँदछौ । समयमै सम्पूर्ण अभिभावकहरुले आफ्ना नानी वाबुहरुलाई आफुलाई पाईपर्ने विद्यालयमा भर्ना गराउन पनि जानकारी गराईन्छ । र शिक्षकलाई तलब खुवाउने दायित्व विद्यालयका लगानीकर्ताहरुको हो र यस विद्यालयको विषयमा जन परिषद् नेपालको नियम कानुन विधिअनुसार हुनेछ । यसलाई अटेर गरी अघिबढेमा हुन आउने परिस्थितिको जिम्मा सम्बन्धित निकायनै हुने जानकारी गराउदछौं ।”

२०७५ वैशाख २ गते अपरान्ह २ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :