शर्मा कन्ट्रक्सनमा आगजनी

इलाम

काठमाडौं : नयाँ वर्ष को दिन २०७५ साल बैशाख १ गतै बेलुका ८ बजेतिर शर्मा कन्ट्रक्सनको झापास्थित कार्यालयमा आगजनी भएको छ । मोरङ र झापाको सिमाक्षेत्र रतुवामाई खोलाको पुल निर्मानार्थ साविकको मधुमल्ला गाविसस्थित मधुमल्ला बजारमा रहेको सो कम्पनीको कार्यालयमा भएको आगजनीबाट एउटा स्काभेटर जलेर नस्ट भएको छ । मधुमल्ला र झापाको दमकबजार जोड्ने सो पुलको लागत २७ करोड रहेको छ । सोही निर्माण कम्पनीले झापाकै राजघाट र दमक बजार जोड्ने सोही खोलाको अर्को पुल २५ करोड लागतमा निर्माण गरिरहेको छ । यसैबिच उता इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट भएको समाचार छ । शनिवार साँझ भएको विस्फोटबाट भवनमा क्षति पुगेको बताइएको छ । आगजनी र बम विस्फोटक कसले गराएको भन्ने बारेमा थाहा हुनसकेको छैन ।

२०७५ वैशाख २ गते अपरान्ह २ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :