मगर मुक्ति मोर्चाको ललितपुरमा भेला

काठमाडौं : मगर मुक्ति मोर्चा, नेपालको ललितपुरको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय कार्यालय सदस्य एवं मध्य कमान्ड इन्चार्ज सुदर्शन थापामगरको प्रमुख आतिथ्यमा उदघाटन भएको भेलामा नेकपाका ललितपुर सेक्रेटरी विपिन, मोर्चाका अर्का केन्द्रीय कार्यालय सदस्य मोहन सिंह सारुमगरको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलालाई मोर्चाका केन्द्रीय कार्यालय सदस्य सुदर्शन थापामगर, नेकपा ललितपुरका सेक्रेटरी विपीन, मोर्चाका अर्का केन्द्रीय कार्यालय सदस्य मोहनसिंह सारुमगर, मोर्चाका उपत्यका संयोजक संजीव लुंगेलीमगर र योंग रेड फोर्स ललितपुरका नेता कमल गुरुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले जीतबहादुर खपांगीको अध्यक्ष्तामा ४ सदस्यपछि थप्नेगरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा राजन मगर, सचिवमा पविता खपांगी, सहसचिवमा भीम आलेमगर र कोषाध्यक्षमा बालकुमारी लुंगेलीमगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा चैन मगर, सुनिता खपांगीमगर, नारायण मगर, अप्सरा मगर, कृष्णमगर, निर्मला सिंजालीमगर रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा माइला मगर, सुरेश खपांगी, रामबहादुर आलेमगर र टेक आलेमगर रहेका छन् ।
भेलापछिको पहिलो बैठकले मगर मुक्ति मोर्चाको सदस्यतालाई व्यापक बढाउने, एकीकृत मगर जनजागरण अभियानमा सहभागी बनाउने निर्णयसहित सम्पन्न भएको छ ।

२०७५ वैशाख २ गते मध्यान्न १२ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :