दाङमा वृहत जनसांस्कृतिक कार्यक्रम

 

जानकी दहित / दाङ : एकीकृत जनजागरण अभियानमा अन्तर्गत दाङको बिजौरी बाँसगढीमा वृहत जनसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक टोली जलजला जनसांस्कृतिक परिवारले दाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका हुन् । कलाकारहरुले ‘सलाम तिमीलाई, शहिद तिम्रा सपना बाँकी छन् पूरा गर्नलाई, एकीकृत जनक्रान्तिको विगुल फुकेर, आयौं हामी हिमाल पहाड तराई उठेर, उठ अब अन्तिम युद्ध लड्नुपर्नेछ’ जस्ता जोसीला क्रान्तिकारी गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए । साथै, सांस्कृतिक कार्यक्रममा ‘हिजो ती दिन सम्झेर रुनु हुँदैन जुनेली दिदी शिर्षकको टप्पा, मारुनी, ठाडे भाकाका गीत नाँच प्रस्तुत गर्नुका साथै कार्यक्रममा स्थानीय निकायले निर्धारण गरेका सबै किसिमका कर र स्थानीय जनप्रतिनिधिहरु आएपछि अत्याधिक वृद्धि गरिएको चर्को करले जनतालाई सास्ती दिएको भन्दै त्यसमा आधारित सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष रामबहादुर थापा ‘सुन्दर’ नेपाल कम्युनिस्ट पार्टीका तुलसीपुर उपमहानगरपालिकाका इन्चार्ज किरण डाँगी, अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र वली, नेकपाका बिजौरीका इन्चार्ज मदन केसीलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । बिहीबार भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का जिल्ला सचिव अमर खड्काले गरेका थिए । जनसत्ताको निर्माण गर्दै अघि बढौं, दलाल सत्तालाई खारेज गरौं, जनजारण अभियान सञ्चालन गरौं क्रान्तिका पाँच आधारलाई सुदृढ गरौं भन्ने मूल नाराका साथ त्यसक्षेत्रमा जनजागरण तथा जनप्रतिरोध अभियान चलिरहेको छ ।

२०७५ वैशाख २ गते बिहान ११ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :