वर्ष २०७५ को शुभकामना – सन्तोष बुढामगर

 

वर्ष २०७४ आज हामीबाट बिदा हुँदै छ र नव वर्ष २०७५ को आगमन भएको छ । आउनेलाई स्वागत र जानेलाई बिदाई मानवीय संस्कार हो । कुनै बिदाईहरु दुःखद र बियोगान्त हुन्छन् र हरेक आगमनहरु खुुशीयुक्त र रमाइलो अनुभूति हुन्छन् । यो पनि मानवीय स्वभाव र संस्कार हो । तर राम्रो–नराम्रो जे होस हरेक पुरानोको जगमा नयाँ उभिएको हुन्छ । हरेक पुराना घटनाहरु नयाँको इतिहास बनेर नयाँमा संंश्लेषण भएका हुन्छन् । त्यसैले हरेक पुरानो र नयाँको कुल योगफलको सार नै नयाँ निष्कर्ष बनेको हुन्छ । यो निष्कर्ष नयाँ र पुरानाको एकीकृत रुप हो । त्यसैले हरेक नयाँ पुरानोको विकसित वा एकीकृत रुप हो । नयाँ बर्षलाई पनि यसरी हेर्न सकिन्छ । नयाँ बर्षलाई हाम्रो बोलीचालीको भाषामा ‘२०७४ लाई बिदाई र २०७५ लाई स्वागत (द्यथभ द्दण्ठद्ध बलम ध्भअियmभ द्दण्ठछ)’ भन्न सकिन्छ र यसको कुल सार वा एकीकृत रुप “ज्ब्एएथ् ल्भ्ध् थ्भ्ब्च्” हो । यसलाई ‘नव वर्ष २०७५ को हार्दिक शुभकामना’ भनिन्छ ।

नयाँ वर्षलाई हरेकले आ–आफ्नो कोण र दृष्टिकोणबाट ब्याख्या विश्लेषण गर्छन् यो स्वभाविक छ । राजनीतिक दृष्टिकोणबाट गएको बर्ष २०७४ लाई चियाउने हो । यो वर्ष धेरै महत्वपूर्ण बर्ष रह्यो । बर्षका ३६५ दिनहरु सबै विशेष महत्वका हुँदैनन् तर बर्षका केही महत्वपूर्ण दिनहरुले बर्षको नेतृत्व गरिरहेका हुन्छन् । यसमा स्थानीय चुनाव, प्रदेश र संघीय चुनावको नाममा गरिएका प्रतिक्रियावादी चुनाव र त्यसको नेकपाद्वारा गरिएको चुनाव खारेज अभियान तथा त्यसले ल्याएको परिणामहरु त्यसमा साम्राज्यवादको चलखेल राजनीतिक दलहरुको दलालीकरण र आत्मसमर्पण विशेष महत्वका घटनाक्रमका रुपमा दर्ज छन् ।

यो बर्षभरी दुई तीन चरणका प्रतिक्रियावादी चुनाव नै विशेष चर्चाको बिषय रह्यो । त्यो चर्चा परिचर्चा अझै सेलाएको छैन । यी घटनाक्रमहरुले कम्युनिस्टहरुलाई चर्चामा ल्याई दियो । एकातिर नकारात्मक हिसावले माके त्यसमा पनि प्रचण्ड नै विशेष चर्चामा रह्यो । त्यो यस कारणले कि कांग्रेस एण्ड प्रचण्ड कम्पनी सरकारको तर्फबाट प्रचण्डले स्थानीय चुनावको घोषणा ग¥यो । स्थानीय चुनावमा प्रचण्डले नेपाली कांग्रेससंँंग मिलेर चुनाव लड्यो । छोरी रेणु दहाललाई धाँधलीपूर्ण ढंगले भरतपुर चितवन उपमहानगरपालिकाको मेयरमा बिजय घोषणा गराए । कथित प्रदेश र संघीय चुनावमा वाम गठबन्धनको नाममा एमालेसँग मिलेर केही अतिरिक्त शीतहरु जित्न सफल भए । प्रचण्डपुत्र प्रकाश दहालको रहस्यमय मृत्यु, एमालेसँगको पार्टी एकता, माकेमा आएको अन्तरविरोध र विग्रह, कार्यकर्तामा आएको तीव्र असन्तुष्टि र विद्रोह र यसलाई रोक्न नेकपा विप्लव समुहलाई तह लगाउने, दमन र आतंकको वातावरण बनाउने, २५÷३० जनालाई इन्काउन्टर गर्ने र नेढंगलेरुलाई समातेर गोञ्जालो बनाउने आदि जस्ता बिषयहरुका कारण प्रचण्ड नेगेटिभ चर्चामा रहे । दोस्रो हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको चुनाव खारेज अभियान र यसले मच्चाएको हलचल, चुनावी परिणाममा पारेको प्रभाव, देशमा राष्ट्रियता र जनताको पक्षमा र साम्राज्यवाद र संसदीय व्यवस्थाको विरुद्ध एक्लै उभिएर यसको प्रतिरोध गर्नु, साम्राज्यवाद, संसदवाद, सबै प्रकारका षड्यन्त्र र हठकण्डाका विरुद्ध दह्रोसँग प्रतिरोध र मुकाबिला गर्नु आदिका कारण हाम्रो पार्टी र क्रान्तिकारी गतिविधि विशेष चर्चामा रह्यो ।

यी घटनाक्रमहरुका बीच हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला नेपालको एक मात्र एउटा क्रान्तिकारी पार्टी र वैकल्पिक शक्तिमा स्थापित हुन पुगेको छ । यो राजनीतिक उपलब्धी बर्षको सबैभन्दा ठूलो देन हो । गएको २०७३ लाई बिदाई दिंदा हामीले बर्षभरीको काम कार्यहरुको उत्कर्ष र कुल योगफलको रुपमा नेकपाको आठौं महाधिवेशन सम्पन्न गरेका थियौं र त्यसले वैचारिक, राजनैतिक र संगठनात्मक रुपमा एउटा सर्बहारा वर्ग अर्थात कम्युनिस्ट पार्टीलाई एउटा शक्तिशाली हतियार दिएको थियो । जो सर्बहारा क्रान्तिको लागि दीर्घकालिक र तात्कालिक हिसावले अति महत्वपूर्ण छ । हामीले त्यो बर्षलाई एउटा खुशी र उमङ्गका साथ विशेष धन्यबाद सहित बिदाई गरेका थियौं र २०७४ लाई नव–बर्षको शुभकामनासहित स्वागत गरेका थियौं । जब २०७४ को आगमन भयो, प्रतिक्रियावादीहरु हाम्रो त्यो वैचारिक हतियारलाई भुत्ते पार्न वा ओझेल पार्न उनीहरु आफ्नो जानेमानेको थोत्रो चुनावी हतियार सहित मैदानमा उत्रे । नेपाली भूमि संसदवादी र क्रान्तिकारीहरुका लागि चुनावी रणमदानमा बदलियो । यसमा नेपालका आफ्ना दलालहरुलाई जिताउन र सत्तामा स्थापित गर्न साम्राज्यवादी शक्तिहरु धोती कसेर लागे । पैसाको खोलो बगाए । राष्ट्रको रक्षाका लागि खटाइएका नेपाली सेनालाई समेत चुनाव र बुथको सुरक्षामा खटाए । एकातिर विदेशी साम्राज्यवादी शक्ति र सबै खाले संसदवादी शक्तिहरु, सुरक्षा पंक्तिमा खतिएका जनपद र सशस्त्र प्रहरी तथा नेपाली सेनाले नपुगेर झण्डै एक लाखको संख्यामा म्यादी प्रहरी खटिए । दुबैतर्फ घमासान भयो । वर्ग संघर्षको एउटा नयाँ रुप चुनाव बन्यो । उनीहरुले पनि सबै अस्त्रहरु प्रयोग गरे । क्रान्तिकारीहरुले पनि ब्रम्हास्त्र बाहेक सबै अस्त्र प्रयोग गरे । स्थानीय चुनाव र प्रदेश तथा संघीय संसदको चुनावका सबै चरणका चुनावहरुमा क्रान्तिकारीहरुले नवनिर्मित एकीकृत जनक्रान्तिको परिक्षण गर्ने अवसर पाए । विभिन्न रुपबाट प्रयोग गरिएका नमूना प्रयोगहरु मध्य धेरै ठाउँमा यो सफल भयो र एकीकिृत जनक्रान्तिको कार्यदिशाको सानो मोडेल वैज्ञानिक साबित हुन पुग्यो । यसलाई नेकपाले महाधिवेशनबाट तयार पारिएको हतियारको प्ररिक्षण र प्रयोगको रुपमा लिएको छ र त्यो सफलतापूर्बक सफल भएको निष्कर्ष निकालेको छ । क. माओले च्याङकाइसेकलाई नकारात्मक गुरु भने झैं जनयुद्धको नकारात्मक गुरु गिरिजा बन्यो । अबको एकीकृत जनक्रान्तिको नकारात्मक गुरु प्रचण्ड बन्दैछ । उनले कार्यदिशाको प्रारंभिक प्रयोग गर्ने अवसर दिएर एउटा सानो मोडेलको परिक्षण सफल गर्ने मौका दिएकोमा धन्यवाद ! दिनै पर्छ । पहिलो चरणको निर्वाचनमा भएका कतिपय असफल प्रयोगहरुलाई दोस्रो चरणको निर्वाचनमा आएर सच्याउने मौका पनि प्राप्त भएको छ र सानदार सफलता पनि प्राप्त गरेको छ । यसले वर्गसंघर्ष र अन्तरसंघर्षमा राम्रो परिदवसरबादलाई पनि सतहमा ल्याइदिएको छ । संशोधनवादलाई नाङ्गेझार पार्दै एमालेमा पतन हुन बाध्य पारेको छ । यति मात्र होइन अव उनीहरुको असली अनुहार अब नवप्रतिक्रियावादमा उदाङ्गो गराउन पनि धेरै समय कुर्न पर्ने छैन । यसलाई हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले ‘सामाजिक दलाल पुँजीवाद’ को संश्लेषणको रुपमा संश्लेषण गरेको छ । यो यस बर्षको महत्वपूर्ण उपलब्धी हो । यसरी विचार, वर्ग संंघर्ष, अन्तरसंघर्ष, संगठन, कार्यदिशाको प्रयोग र अन्य महत्वपूर्ण क्षेत्रमा भएका उपलब्धीहरु यो बर्षका महत्वपूर्ण देन हुन् ।

यो बर्ष नेपाली जनताले पटक पटक भोट हाले । एकथरी जनताले भोट हालेनन् । एकथरीले सेना र पुुुलिसको घेराभित्र मन नलागी–नलगी भय र संत्रासका बीच भोट हाले । बीसौं लाख जनताले भोट हालेनन् भने अर्को बीस लाख भन्दा बढीले भोट रद्द गरिफाले । यो नेपाली जनताको संसदीय ब्यवस्थाप्रतिको घृणा र तिरस्कार हो । अहिले भोट दिएका जनता पनि पछुटाउमा छन् । भोट हालियो बेकार भयो भन्नेमा छन् । यो नयाँ हतियारको प्रयोगको सफलता हो ।

अर्को महत्वपूर्ण उपलब्धी भनेको नेपाली जनताले कम्युनिस्ट खोल ओडेका ब्वाँसाहरुलाई सजिलै चिन्ने मौका पाए । के मानेमा यो अझ अर्थपूर्ण छ भने नेपालमा दलाल पुँजीवादको आगमन भएको कुरा त हामीले तीन बर्ष अगाडि राष्ट्रिय सम्मेलनबाट घोषणा गरेका थियौं र कुनै दिन एक चरण नेपाली क्रान्तिमा नेपाली जनताले संशोधनवादको चुनौति पनि बेहोर्नु पर्ने छ भनेर संश्लेषण पनि गरेका थियौं तर दिन यति छिट्टै आउछ भन्नेमा सायद कमैले सोचेका होलान् । नेपालमा नेपाली क्रान्तिका दुश्मनको रुपमा ‘सामाजिक दलाल पुँजीवाद’ सतहमा आएको छ, यो अर्को खुशीको कुरा हो ।

सबैलाई थाहा छ कि नेपालमा कम्युनिस्ट खोलाभित्र बसेका सामन्त र पुँजीवादी तत्वहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाए । यसले नेपाली क्रान्तिलाई ठूलो क्षति पु¥याउँदै आएको छ । जनतालाई नक्कली र सक्कली माल छुट्याउन गाहारो पर्दै आएको छ । कम्युनिस्टहरु नक्कली कम्युनिस्ट वा पुँजीवादी, बुर्जुवा कम्युनिस्टहरुलाई संशोधनवाद भन्ने गर्दछन् । नेपालमा विभिन्न रुपरंगका संशोधनवादीहरु क्रियाशील छन् । अहिले ती संशोधनवादी समुहहरुको पनि ध्रुवीकरण भैरहेको छ । यो मुख्यतः एमाले–माके एकतामा देखा परेको छ । अहिले यी कथित वाम गठबन्धनको नाममा देखा परेका छन् । संशोधनवादको ठेट नेपाली अर्थ ‘बिग्रेका, भत्केका, विचलन भएका नामधारी नक्कली कम्युनिस्ट विचार’ भन्ने बुझिन्छ । यो बिचार अँगाल्नेहरु ने संशोधनवादी कम्युनिस्ट हुन् । नेपालमा आउँदा यिनीहरुको चरित्र घोर दलाल र आत्मसमर्पणवादमा देखा परेको छ । फेरी पनि कम्युनिस्टको झण्डा बोक्न र कम्युनिस्ट ब्यानर छाडेका छैनन् । दलाल जीवादी राज्य सत्ताको रक्षाकवचको रुपमा अहिले यिनीहरु संसदवादका आधुनिक संस्करणको रुपमा उदाएका यी कम्युनिस्टहरु कम्युनिस्टको नाममा पुँजीवादको ब्यापार गरिरहेका छन् । कथित समाजवादको नारा दिएर जनतालाई केही समय भ्रम दिन उनीहरु संगठित रुपले आएका छन् । यसैले यिनलाई सुहाउँदो राजनीतिक पदावली राखेर ‘सामाजिक दलाल पँुजीवाद’ भनेर जात खुट्याई दिएको छ नेपाल कम्युनिस्ट पार्टीले । नेपाली जनता र परिवर्तनकामी देशभक्त–राष्ट्रवादी नेपालीहरुले बेलैमा पहिचान गरेर नेपाली राजनीतिमा धुमाल्ने यो तत्वलाई जनताको अगाडि नाङ्गेझार बनाउनु पर्ने छ । यो पहिचान पनि यसै बर्ष हुनुलाँई पनि एक महत्वपूर्ण आयाम मान्नु पर्दछ । यो यस बर्षको महत्वपूर्ण उपलब्धी हो । यो संश्लेषण दुई तीन चरणको चुनावी वर्गसंघर्ष बीचबाट भएको छ । यसले पार्टी महाधिवेशनले नयाँ वर्ग विश्लेषण गरे अनुसारको वर्ग संघर्षमा भएको प्रयोगले सांकेतिक रुपमा नेपालमा जनताका दुश्मन र मित्र शक्तिहरु नयाँ ढंगले विकास भएको कुरालाई जनतासामु स्पष्ट पारेको छ । उनीहरुका नयाँ दमन शैली र पात्रहरु पनि सतहमा आएका छन् । साम्राज्यवादले पालैपालो नयाँ–नयाँ दलालहरुलाई एक्सपोज गरिरहेको छ । खोलभित्र लुकेका जनताका दुश्मनहरु पालैपालो सत्तामा आउने र दमन गरेर फासीवादी अनुहार प्रदर्शन गर्ने काम जारी छ । पछिल्लो चरणमा तुलनात्मक रुपले उदार मानिने हालका गृहमन्त्री रामबहादुर थापा (बादल)लाई एक्सपोज गर्ने अभ्यासमा छन् । यदि हालका गृहमन्त्री रामबहादुर थापा (बादल)ले पनि यहि कुरा दोह¥याए र साम्राज्यवादको निर्देशनमा विप्लवलाई तीन महिनाभित्र दमन गर्न नसके २५÷३० जनालाई इन्काउन्टर गर्ने, ५०÷६० जनालाई गोञ्जालो बनाएर विप्लव समुहलाई तह लगाउने र क्रान्ति दबाउने काममा गरे भने यो उहाँ कै लागि आत्मघाती कदम हुने छ । उहाँ असफल भएुमा आफूँले एक महिनाभित्र ठीक गर्ने गुरुयोजना भएको भन्दै गृहमन्त्री मागीरहेका बर्षमान पुनलाई गृह दिने हल्ला प्रचण्डको योजना उनकै प्रिय पात्रहरुबाट भइ नै रहेको छ । यसले नेपालमा नयाँ वर्ग संघर्षको संकेत पनि गर्दछ । सायद नयाँ जोगीले बढी खरानी घस्ने कुरा अन्यथा मान्न सकिदैन । छिट्टै उनीहरु दमनमा आउने कुराको यो पूर्बसंकेत पनि हो । यी कुराहरुले वर्ग संघर्षमा आगामी दिनहरु कस्ता रहलान् भन्ने सामान्य आँकलन गर्न सकिन्छ । यस हिसावले माथि भने झै पछिल्ला दिनहरु कस्ता होलान भन्ने कुराको संकेत अघिल्ला दिनहरुले पनि संकेत गरिरहेका हुन्छन् । यस अर्थमा हरेक नयाँ पुरानोको जगमा उभिएको हुन्छ भनेको हो ।

यसरी केही नयाँ संश्लेषण र धाराहरुसहित बर्ष २०७४ बिदा भएको छ र बाँकी अधुरा कार्यभारहरु २०७५ साललाई सुम्पेर गएको छ । बर्ष २०७४ को अन्ततिर प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले ठूल–ठूला राष्ट्रघाती कदमहरु चाल्ने संकेत दिएको छ । बर्ष २०७४ ले प्रचण्ड, देउवा र केपी तीन जना प्रधानमन्त्री फेरेको छ । बर्षको अन्तिम प्रम केपी ओली कुर्चीमा आगमन भएको छ । केपी ओली प्रधानमन्त्रीको कुर्चीमा बसेको हप्तादिन नपुग्दै एक नेपाल बन्द खाएको छ र पुुतला जलेको छ, उनको विरुद्ध देशैभरी मशाल जुलुश बलेको छ । यो राम्रो संकेत अवश्य होइन । विराटनगरमा राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनको खुला कार्यक्रम माथिको दमन, पार्टी स्थायी समिति सदस्य सुदर्शन र पिबीएम तथा केन्द्रीय जनपरिषद नेपलका उपप्रमुख पदम राईलगायत सयौंंको गिरफ्तारी, पार्टी महासचिव क. विप्लव, प्रवक्ता क. प्रकाण्ड र स्थायी समिति सदस्य क. कञ्चनलगायतका कमरेडहरु माथिको झुट्ठा मुद्दा र म्याद टाँस, पूर्बमा कोशी ब्युरो इञ्चार्ज तथा पार्टी केन्द्रीय सदस्य किरण राईसहितका आधा दर्जन बढी जिम्मेवारी क.हरुलाई कोशी ब्युरोको बैठकबाट गिरफ्तार गरी अझै हिरासत मै राखेको र देशैभरि गिरफ्तारी र धरपकडले केपी ओलीको सरकारका अझ कांग्रेस भन्दा फासीवादी देखा पर्नुले ‘नहुने पातको फुस्रो पात’ भन्ने देखाई सकेको छ । प्रचण्डहरुको इन्काउटरको योजनाले अझ परिस्थितिलाई कता लैजान्छ भन्नै कुरा भबिष्यको गर्भमा छ । केपी ओली, प्रचण्ड र शेरधन राईहरु माथिको जनअद्दालतमा परेको मुद्दा र म्याद ताँस पनि त्यतिकै खेलाँची पक्कै होइन होला । यस्तै अपर कर्णाली, अरुण तेस्रो, अपर मस्र्याङदी, उच्च कोशी बाँध, महाकाली पंचेश्वर परियोजना हुलाकी राजमार्ग, नेपाल भारत सीमा क्षेत्रमा भारतले एकतर्फी ढंगले निर्माण गरीरहेका बाँधहरु र यस अघि नेपाल भारत बीच भएका राष्ट्रघाती सन्धी सम्झौताहरुको कार्यान्वन जस्ता काुराहरुले राष्ट्रियता र जनतन्त्रमाथि भइरहेको भारतीय साम्राज्यवादी हस्तक्षेप, चुनावपछि आधा दर्जन बढीपटक भएका पेट्रोलियम पदार्थको मूल्यबृद्धि, बजार भाउमा मनपरी जस्ता समस्याहरु र त्यसको विरोधमा हुने राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीबिका लगायतका समस्याहरुका विरुद्ध हुने आन्दोलन र संघर्षहरु के कस्ता होलान भन्ने कुरा पनि भबिष्यकै गर्भमा छन् । यी कुराहरुले नव बर्ष २०७५ का बर्षहरु संघर्षमय र परिवर्तनका लागि गरिने आन्दोलनका दृष्टिले महत्वपूर्ण बर्ष हुने छ ।

अन्तमा दश वर्षका जनयुद्धको अपुरा कार्यहरु सम्पन्न गर्ने कुरा बाँकी नै छन् । सहिदका सपनाहरु अधुरा नै छन् । बेपत्ता योद्धाहरुको लास र सासको अझै अत्तो–पत्तो छैन । जनयुद्धका घाइतेहरुका घाउहरु ऋझै आलै छन् भित्र–भित्र दुखी रहेको छ । क्यान्टोनमेन्टमा बन्दी बनाई अलपत्र पारिएका पूर्ब जनमुक्ति सेनाहरु मौकाको पर्खाइमा छन् । पार्टीका क्रान्तिकारीहरु पर्टी भित्र र बाहिरका दुश्मनसंग निरन्तर संघर्ष गर्दै अहिले नेपाली क्रान्तिको नेतृत्व गर्ने वैकल्पिक शक्तिमा उदाएका छन् । जनता क्रान्तिको आशामा तड्पीरहेको छ । दलालहरुको राष्ट्रघाती कदम र बाहिय हस्तक्षेप अझ बढदो छ । महंगी अकासिंदो छ । यी घटनाक्रमहरुल अव देशभक्त–राष्ट्रप्रेमी नेपाली र परिवर्तनकामी नेपालीहरु बीच बलियो एकताको खाँचो रहेको प्रष्ट गर्दछ । यसबेला पनि कोही नेपाली यसलाई टुलु टुल हेरेर बस्छ भने त्यो नेपाल आमाको कुलङगार सन्तान हो । बर्ष २०७५ ले सबै क्रान्तिकारी, परिवर्तनकामी, देशप्रमी, न्यायप्रेमी सबैमा दरिलो एकताको भाव पैदा गरोस र बाहिय हस्तक्षेपका विरुद्ध एक हुने प्रेरणा प्रदान गरोस । शत्रुको क्षय होस, मित्रको जय होस, सबै नेपालीहरुमा भातृत्वको भावनाको विकास होस । यहि शुभकामना नव–बर्ष २०७५ को उपलक्षमा व्यक्त गर्दछुु । धन्यवाद ।
२०७५ वैशाख १ गते अपरान्ह ९ ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :