काभ्रेमा क्रसर उद्योगमाथि बम विस्फोट

काठमाडौं  : काभ्रेको नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित कुनसाङ् लामाको क्रशर उद्योगमा शुक्रबारराती बम विस्फोट भएको छ । बम विस्फोटबाट लामाको क्रशर उद्योग परिसरमा रहेको एउटा क्रसर मेशीन, ३ वटा स्काइभेटर र केही ट्रिफर जलेर नस्ट भएको बताइएको छ । विस्फोटबाट करिब दश करोड भन्दा बढिको क्षति भएको अनुमान छ । विस्फोटबाट भएको अन्यक्षतिको विवरण र बम विस्फोट कसले गराएको भन्नेबारेमा थप विवरण प्राप्त भएको छैन ।

२०७५ वैशाख १ गते बिहान ७ : ४५  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :