नेकपाका ६ जना नेताकार्यकर्ता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुलाई विभिन्न स्थानबाट ६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैबिच बिहीबार उक्त पार्टीका चितवन जिल्ला सदस्य कृष्ण बराल र एरिया सदस्य तथा भरतपुर महानगरपालिका ३ का सेक्रेटरी समिर थापा गिरफ्तार परेका छन् । बराललाई नवलपरासीको गैडाकोटबाट गिरफ्तारीमा परेको हो भने थापालाई भरतपुर महानगरपालिका स्थित घरबाट गिरफ्तार परेको हाम्रा चितवन संवाददाताले जानकारी दिएका छन् । यसैगरी सोमबार काठमाडौंको न्यूरोडबाट नविन केसी(अर्जुन), प्रज्वल शाही, राजकुमार डाँगी, सन्दोष ऐडीलाई चियाखाइरहेका बेला गिरफ्तारीमा परेका हुन् ।
२०७४ चैत ३० गते अपरान्ह मध्यान्न १२ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :