सरकारी आतंकविरुद्ध नेकपाले गर्‍यो संघर्षको कार्यक्रम घोषणा

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सरकारी श्वेत–आतंकको निन्दा तथा भत्र्सना गर्दै त्यसको विरुद्ध २०७५ वैशाख ४ गते पूर्वी कमान्डलगायत संघर्षको कार्यक्रम घोषणा गरेको छ । बिहीबार नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम घोषणा गर्नुभएको हो । उहाँले सरकार आफैंले आफ्नो संविधान, कानुन र न्यायिक निकायसमेतको धज्जी उडाएको समेत बताउनुभएको छ । पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेतालाई पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिलेबजारबाट गिरफ्तार गरिएकालाई चैत २९ गते जिल्ला प्रशासन कार्यालयले निर्दोष सावित गरेर रिहा गरे पनि प्रहरीले तत्काल पुनः गिरफ्तार गरेर हिरासतमा राखेकाले पार्टीले संघर्षका कार्यक्रमहरू घोषणा गर्नुपरेको बताउनुभएको छ ।

विज्ञप्ति पूर्णपाठ –

२०७४ चैत २९ गते अपरान्ह १ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :