जिल्लाका सम्पूर्ण प्रतिनिधिहरुले राजीनामा नदिए जनपरिषदद्वारा जनकारबाही हुने

काठमाडौं : रामेछाप जिल्ला जनपरिषद्ले जिल्लाको सबै स्थानीय तहका प्रतिनिधिलाई राजिनामा माग गर्दै नदिए जनकारबाही गर्ने चेतावनी दिइएको छ । जिल्ला जनपरिषद् प्रमुख तुफानले पत्र काटेर रामेछापका आठओटै स्थानीय तहका प्रतिनिधिहरुलाई राजिनामा गर्न भनेका छन् । पत्रमा पुरानो दलाल संसदीय व्यवस्थाका कारण भ्रष्टाचारी, माफियाखोर, कमिशनखोरहरुले देशलाई कमजोर बनाएको भन्दै काम नगर्न प्रतिनिधिहरुलाई आग्रह गरिएको छ । जिल्ला प्रमुख तुफानले बिहीबार वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाले मात्र देशमा शान्ति, समृद्धि र विकास हुने भएकोले नेकपाको जनसत्तामा सहभागी भइदिन पनि जनपरिषदले प्रतिनिधीहरूलाई आग्रह गरेका छन् । “कथित विकास निर्माणको भ्रष्टाचार, कमिसन र लुटतन्त्र व्यापक रुपमा नयाँ तरिकाले चल्न सुरु भएको । यो संसदीय दलाल पुँजीवादी व्यवस्था कुनैपनि अर्थमा राष्ट्र र जनताको हितमा छैन र हुन सक्दैन भन्ने व्यवहारतः पुष्टि भएको छ । यो गरिब जनताको पहुँचमा छैन, मुठिीभर दलाल पुँजीपति वर्गको स्वार्थ र पगमा मात्र सिमित भएको छ । तसर्थ राष्ट्र र जनताको हि तगर्नको लागि तथा शान्ति, समानता, सुशासन, स्वाधीनता र समृद्धिको निम्ति संसदीय दलाल पुँजीवादी व्यवस्थाको छिटै अन्त्य गर्न एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी क्रान्तिको ऐतिहासिक अभियान सफल पार्न नगरपालिका, गाउँपालिकाका प्रमुख, अध्यक्ष, वडाअध्यक्षबाट राजिनामा दिई जनसत्तालाई समर्थन र सहयोग गरिदिनहुन हाम्रो जनपरिषद्को तर्फबाट हार्दिक अनुरोध गर्दछौं । यदि राजिनामा नदिएमा तपाईँलाई राष्ट्र, जनता र जनत्ता विरोधीको रुपमा जनकारवााहीँ समेत गरिने कुरा जानकारी गर्दछौँ” पत्रमा भनिएको छ ।
२०७४ चैत २९ गते मध्यान्न १२ ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :