श्रेष्ठको शालिकमाथि नेकपाले किन गर्‍यो तोडफोड

काठमाडौं : जनयुद्धकालिन मुद्दा व्युताएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र मनोमानी ढङ्गले शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा बिदेशी डलर ल्याएको भन्दै नेपाल कम्युनिस्ट पार्टी रामेछापका कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिकमाथि तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका – ४, स्थित अरुणदय माविको हाताभित्र निर्मित श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गर्नुको साथै ढलाएका छन् । स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् । श्रेष्ठको शालिक तोडफोड भएको थाहा पाएपछि खुसि भएर गाउँले ताली बजाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :