अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य गिरफ्तार/ चितवनमा राज्य आतंक तीव्र

काठमाडौं : अखिल (क्रान्तिकारी) चितवनका जिल्ला सदस्य दिवस भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ । भुसाललाई बुधबार अपरान्ह सप्तगण्डकी बहुमुखी क्याम्पसबाट गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी धु्रर्बको घरमा प्रहरीले छापा मार्ने, परिवारलाई मानसिक टच्चर दिने जस्ता कार्य गरेको छ । सेक्रेटरीलगायत नेताकार्यकर्ताको घरघरमा खानतालसी तीव्र पारेको हाम्रा संवाददाताले जानकारी दिएका छन् ।
२०७४ चैैैैत २८ गते अपरान्ह ६ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :