जनपरिषदद्वारा जनप्रतिनिधिको राजिनामा माग

 

 

काठमाडौं : “एकीकृत जनक्रान्ति – जिन्दावाद !, शान्ति, संमृद्धि, स्वाधिनता र समानताको लागि वैज्ञानिक समाजवाद ! भन्ने मुल नाराका साथ अवध स्वायत्त प्रदेश अन्तर्गत रुपन्देही जिल्ला जनपरिषदले जनप्रतिनिधिहरुलाई तत्काल राजिनामा दिन पत्राचार गरेको छ । जिल्ला जनपरिषद रुपन्देहीका प्रमुख शिशिरको हस्ताक्षेर गरेको पत्र सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको कार्यकक्षमा पुगेर उहाँलाई नगर प्रमुखबाट तत्काल राजिनामा दिन माग गरेकोे छ । पत्रमा भनिएको छ “अहिले पनि हजारौं सहिद परिवारहरु आँसु बगाइरहेका छन्, सहिदका सन्तानहरु मनो वैज्ञानिक चोटको सिकार भइरहेका छन्, त्यसको क्षतिपुर्ती तपाईहरु गर्न सक्नुहुदैन । तर अहिले आएर अर्बौ रुपैया लुटने र कालो धनलाई सेतो बनाउन प्रयास गरेको । तपाइहरु जनाबाट चर्को कर असुल्नु हुन्छ त्यो अपराध जनातालाई कदापी सह्य हुदैन ।”

२०७४ चैत २८ गते अपरान्ह ५ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :