जनप्रतिनिधिमाथि सार्वजनिक कारबाही

काठमाडौं  : चितवनको भरतपुर महानगरपालिका १० का वडा अध्यक्ष अरुण भण्डारीलाई जनपरिषद चितवनले सार्वजनिक कार्वाही गरेको छ । एमालेबाट निर्वाचिन भएका भण्डारीलाई भरतपुरको लायन्स क्लव अगाडि मंगलबार दिउसो जनपरिषदका प्रतिनिधिहरुले कालोमोसो दलेको वताइएको छ । भण्डारीलाई निर्वाचनपछि दुईहजार प्रतिशतसम्म कर बृद्धि गरेको, पत्रकार र महिलामाथि दुव्र्यवहार गरेको लगायतका आरोप लगाईएको छ ।

२०७४ चैत्र २७ गते बेलुका ६ :५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :