गार्मेन्ट र टेक्सटायल मजदुर सङ्घको सम्मेलन / मजदुरको मुक्ति समाजवादी ब्यवस्थामा मात्र हुन्छ – विषम

 

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेशागत संगठन अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटायल मजदुर सङ्घको छैटौं राष्ट्रिय सम्मेलन शनिबार काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनमा देशैभरीबाट पाँच सय हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए । उक्त सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यतथाजनसत्ताकाप्रमुख सन्तोष बुढामगर ‘विषम’को प्रमुख आतिथ्यमा एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका संयोजक अमर झाँक्रीको विशेष आतिथ्यमा सम्पन्न भएको हो । सम्मेलनमा बोल्दै प्रमुख अतिथि विषमले सम्पूर्ण श्रमजीवीवर्गको मुक्तिको लागि वैज्ञानिक समाजवादी ब्यवस्था स्थापना हुनुपर्ने बताए । उनले एक फरक प्रसंगमा कथित संविधानले मजदुरहरुको अधिकार खोसेर मालिकहरुको संरक्षण गरेको पनि बताएका छन् । नेता विषमले एकीकृत जनक्रान्तिको कार्यदिशा, पार्टीको रणनीतिबारे प्रशिक्षण दिंदै नवनिर्वाचित कार्यसमितिलाई जुझारु रुपले लाग्न निर्देशनसहित बधाई तथा शुभकामना दिए । विशेष अतिथि समेत रहेका महासङ्घका संयोजक झाँक्रीले राष्ट्रघात, जनघात, भ्रष्टाचार, महंगी, घुसखोरी, मजदुरमाथि भएको विभिन्न उत्पीडनको विरुद्धमा अन्तिम संघर्षमा उत्रन अपील गरे । सम्मेलनलाई पार्टीको केन्द्रीय आर्थिक विभागका सदस्य संजिव नेपाली, मजदुर साधारण शाखाका सेक्रेटरी देव परियार, ब्युरो संयोजकविनोद थापा, मजदुरको विभिन्न जनवर्गीय सङ्घका अध्यक्षहरुले शुभकामना दिएका थिए । सम्मेलनले रामलाखेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष सुविन नेपाली, महासचिव राजन कौशल ‘आक्रोष’, सचिवकुमार घिसिङ, कोषाध्यक्ष टिका घिमिरे, सदस्य खेम सेवा, विरेन्द्र नेपाली, समिर पोखरेल, कमल सुन्दाश, प्रदिप सुन्दाश, चिरञ्जीवी नेपाली, कृष्ण सेवा, निर्मला भित्रकोटी, सन्तोष नेपाली, सञ्जु रानाभाट, दिनेश दर्नाल, कृष्ण नेपाली (क), रामशरण दर्जी, कृष्ण नेपाली रहेका छन् । सम्मेलनको अध्यक्षता रामलाखेले गरेकाथिएभने संचालन राजनकौशल ‘आक्रोष’ले गरेका थिए ।

२०७४ चैत २७ गते अपरान्ह ६ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :