म्याग्दी जनपरिषदको अधिवेशन सम्पन्न / जनसत्ता नयाँ शिराबाट निर्माण हुँदैछ – उमा भुजेल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित जनसरकारको रुपमा कार्यरत जनपरिषदको म्याग्दी जिल्ला अधिवेशन चैत २६ गते मंंगला गाउँपालिका (साविक बरङ्जा) ४, दोर्जीमा सम्पन्न भएको छ । सो अधिवेशनको प्रमुख आतिथ्यता राष्ट्रिय जनप्रतिनिधि सभाकी अध्यक्ष तथा नेकपाकी पोलिट ब्युरो सदस्य उमा भुजेल ‘शिलु’ले गर्नु भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि उमा भुजेलले “जनयुद्धले निर्माण गरेकोे सत्ता प्रचण्ड–बाबुराम मण्डलीले विघटन गरेको कारण जनअिधकार गुमेको, शोषण, दमन, उत्पीडन बढेको हुनाले नयाँ शिराबाट जनसत्ता गठन गरेर जानुपर्ने” बताउनु भएको थियो । उहाँले “पुरानो दलाल सत्तालाई देशव्यापी विघटन गरिने र नयाँ जनसत्ताले जनसेवा तथा विकास निर्माणको जिम्मा लिने” बताउनु भएको थियो । उहाँले नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईसहित विभिन्न जिल्लामा नेकपाका नेता–कार्यकर्ताको गिरफ्तारी र झुठ्ठामुद्दा लगाउने, शान्तिपूर्ण भेला, संगठन गर्ने तथा विरोध प्रदर्शन गर्न पाउने विश्वव्यापी मानवअधिकारको समेत सरकारले प्रतिवन्ध लगायतको प्रति कडा आलोचना गर्नु भएको थियो । कार्यक्रममा धाैलागिरी ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य धुर्व घिमिरे ‘विप्लव’लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । अधिवेशनले जगत पुनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको छ ।

२०७४ चैत २७ गते अपरा २ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :