दलित मुक्ति मोर्चाद्वारा सरकारी दमनको विरोध

काठमाडौं : भारत सरकारले त्यँहाका दलितहरुको आन्दोलनमा प्रहरी दमन गरेको विषयलाई लिएर दलित मुक्ति मोर्चा नेपालले विरोध तथा भत्र्सना गरेको छ । मोर्चाका केन्द्रिय अध्यक्ष डम्वरबहादुर विश्वकर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल र भारतका दलितहरुको साझा दुश्मन वर्तमान राज्य ब्यवस्था नै रहेको र आफुलाई लोकतन्त्रको ठेकेदार सम्झने मोदीसरकारले दलितहरुको आन्दोलनमाथि दमन गरेकोले दलितमाथिको दमनका विरुद्धमा साझा रुपमा लडने बताएका छन् । भारतीय सुप्रीम कोर्टले दलितहरुका अधिकारका विषयलाई लिएर परेको मुद्दा खारेज गरेपछि त्यहाका दलित समुदायहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलन रोक्न प्रहरीले गोली चलाउदा अहिले सम्म त्यँहा ११ जना आन्दोलनकारीको मृत्यु भइसकेको बताइएको छ ।

२०७४ चैत्र २६ गते सोमबार बेलुकी ५ : १० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :