सरकारी फासिस्टीकरणको विरोध

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले चैत २४ गतेका दिन देशैभरी जनआन्दोलन दिवस मनाएको छ । सभा, जुलुस गरी जनताको उत्साहपूर्वक सहभागितामा आयोजना गरिएका कार्यक्रमप्रति नेकपाले सबैलाई धन्यवाद तथा बधाई दिएको छ । नेकपाका महासचिव विप्लवले यो सरकारको चरम दमनका बाबजूत पनि जनताको उत्साहजनक उपस्थितिमा जनआन्दोलन दिवस देशै भरी मनाइएकोमा पार्टीका नेता/कार्यकर्ता र क्रान्तिकारी जनताप्रति बधाई दिन चाहन्छु भन्नु भएको छ । चैत २४ गतेले जनताको विद्रोहको नेतृत्व गर्दछ ।
तर लोकतन्त्र, मानवअधिकारको वकालत गर्ने, भूतपूर्व वामपन्थीहरुको सरकारले जनतामाथि दमन थोपरिरहेका छन् । उनीहरुले विश्वकै उत्कृष्ट भनिरहेका संविधानमा दिइएको अधिकारलाई पनि लत्याएर सामान्य, संगठन गर्ने, सभा जुलुस गर्ने र विचार राख्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाएको छ । यसै क्रममा २४ गते धनगढीमा भएको शान्तिपूर्ण जुलुसमाथि प्रहरी दमन गरी दर्जनौं घाइते बनाउनुका साथै ३ दर्जनभन्दा बढिलाई गिरफ्तार गरेको थियो । विप्लवले भन्नु भएको छ, सरकारको यस्तो रवैयाले वर्तमान सत्ता क्रुर तानाशाह बन्दै गएको धारणा राख्नु भएको छ । पछिल्लो क्रममा सरकारले नेकपाका नेता÷कार्यकर्तालाई गिरफ्तार गर्ने, बेपत्ता पार्ने, झुठा मुद्दा लगाउने गरेको छ । दमनका विभिन्न तानावाना बुनिरहेको छ ।

२०७४ चैत २५ गते अपरान्ह १ ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :