समाजवादलाई सही ढङ्गले बुझ्नसक्ने नेतृत्व आवश्यक छ

 
भरतीय माक्र्सवादी वुद्धिजीवी तथा अंग्रेजी पत्रिका द अलभिनका सम्पादक शशीप्रकाशसहितको टीम नेपालका विभिन्न कार्यक्रममा एक हप्ता व्यस्त रह्यो । यही सन्दर्भमा रातोखबर साप्ताहिकका निर्देशक गुणराज लोहनीद्वारा विश्व कम्युनिस्ट आन्दोलन, बदलिएको विश्व, नेपाल र भारतको कम्युनिस्ट आन्दोलनसँग जोडिएका विषयहरु समेटेर लिइएको अन्तर्वार्ताका मुख्य अंशहरुलाई यहाँ प्रस्तुत गरिएको छ –
»»  तपाईं नेपाल आउनुको मुख्य लक्ष्य के हो ?
हाम्रो नेपालसँग पुरानो राजनीतिक सम्बन्ध छ । पुष्पलाल हुँदै मोहनविक्रम सिंहसँग भेटघाट हुने गर्दथ्यो जुन बेला मोहनविक्रम सिंह विशेषगरी गोरखपुरमा बस्थे । सन् १९९० यता पटकपटक नेपालको राजनीतिबारे नजिकबाटै छलफल भइरहन्थ्यो । मसाल र माओवादी केन्द्रसँग छलफल भइरहन्थ्यो । जब नेपालमा क्रान्ति सुरु भयो त्यस विषयमा पनि विचारविमर्श गरिन्थ्यो । सन् २००९ मा नेपाली क्रान्ति, इतिहास, वर्तमान परिस्थिति र भविष्यका बारेमा केही कुरा प्रकाशनमा आयो । त्योे पार्टीमा सैद्धान्तिक रूपले विचलन आइरहेको थियो ।

»» केके कुरामा विचलन आएको थियो ?

पहिलो कुरा जनयुद्धले नेपाली समाजमा राजनीतिक क्रान्तिमा परिवर्तन ग¥यो । जनयुद्ध र जनआन्दोलनले बुर्जुवा क्रान्तिको आधार बसाले । राजतन्त्रको अन्त्यपछि एउटा ‘कोर्स’ पूरा भयो । त्यसपछि चुनावमा सहभागिता लेनिनको रणनीतिक तरिका हो । जब निर्वाचनलाई महत्वपूर्ण रूपमा लिइन्छ त्यो संसदीय अधिनायकत्व भनेको प्रचण्डको बहुदलीय प्रजातन्त्रको अभ्यास र जनताको अथवा सर्वहारा अधिनायकत्व बिल्कुल फरक कुरा थिए । त्यो लेनिनको समयमा पनि बहसमा भएकै विषय थियो । जुन मेन्सेबिक पार्टीले गरेको अभ्यास थियो । यसरी जब चुनावमा सहभागिता रणनीतिक नभएर प्रचण्डले कार्यनीतिक रूपमा अघि सारे । त्यसपछि क्याडर पार्टीलाई मास पार्टीमा रूपान्तरण गरियो । त्यसपछि राजावादी पनि सजिलै पार्टी सदस्य बन्न पुगे । यसरी पार्टीलाई व्यवस्थितबाट ध्वस्त पारिँदै लगियो ।

प्रचण्डले बेलाबेलामा समाजवादको बहस पनि चलाउने गर्दथे । यसको उद्देश्य पार्टीलाई बिलखबन्द (confused) पार्नु थियो । बीचबीचमा जनमुक्ति सेनाका विषयमा प्रचण्डले अलि अडान देखाएजस्तो पनि गरे तर हामीले स्पष्ट रूपमा भन्यौँ– कुनै पार्टी राजनीतिक तथा वैचारिक रूपले विचलनमा परेपछि जति राम्रो रेडिकल कुरा गरे पनि माक्र्सवादको सिद्धान्त भनेको जब कम्युनिस्ट पार्टी वर्गसंघर्ष छोड्न पुग्छ अर्थात् बोल्सेभिक तरिका छोड्छ तब क्याडर पार्टी मास पार्टीमा परिवर्तन गरे पनि पार्टीलाई अलमलमा पनि विभिन्न देखावटी तर्क गर्ने गर्छ । त्यो सबै प्रचण्डले गरे । जब जनताले सिद्धान्त र व्यवहारका बीचमा तालमेल मिलेको देख्दैन तब उसले विचलन आएको भनेर आलोचना गर्न थाल्छ । हामीले पनि त्यही आलोचना गर्दा हाम्रो बुझाइमा अति (extermity) देखे तर हामीले भन्यौँ त्यो पार्टीले क्रान्तिकारिता गुमाइसकेको छ । हाम्रो आलोचना यो पनि थियो– किरणजीहरू प्रचण्डबाट अलग भए । माक्र्सवादी लेनिनवादी जो तरिका हुन्छ त्यो हामीले राम्रोसँग मनन गर्न सकेनौँ । प्रचण्डपथको नामकरण मोहन वैद्य किरणले नै गरेका थिए ।

»» त्यो समय किरणजीहरूसँग तपाईंको भेटघाट भयो ?

अहँ, किरणजी र विप्लवजीसँग हाम्रो भेटघाट भएन ।

»» मतलब किरणजीसँग यस विषयमा तपाईंहरूको छलफल भयो कि भएन ?

अहँ भेटघाट त भएन तर जब हामीले त्यो दस्ताबेजलाई नजिकबाट हे¥यौँ । हामीलाई लाग्यो– किरणजीले गरेको कुरा नयाँ जनवाद हो । दोस्रो, जब त्यो डकुमेन्ट पढ्यौँ मोहनविक्रम सिंहको पालादेखि नै राजनीतिक अर्थशास्त्र एकदम सुस्त छ । अर्को नेपाल अर्धऔपनिवेशिक अवस्थामा नै रहेको छ । हामीलाई लाग्यो– त्यो अध्ययनबारेमा लेनिनले रुसमा गरेका थिए । त्यस्तै चीनले पनि सन् १९२९ मा ग¥यो । हामीलाई लाग्यो उहाँहरूको दस्ताबेजले पनि श्रम सम्बन्ध, भूमि सम्बन्ध गरेको हुनुपर्छ तर त्यसो रहेनछ । त्यो कमजोरीका कारण नेपालले राजनीतिक र आर्थिक क्षति बेहोर्नु परेको छ । जुन देशको जनशक्ति ठूलो मात्रामा बाहिर देश गएर श्रम बेच्न बाध्य छ र देश विप्रेषणले चलेको छ । न्यून वर्गका श्रमिकहरू सामन्तवादको घोराभित्र भए उनीहरू त्यसरी विदेश जान पाउँदैनथे ।

यसरी राज्य र निम्नवर्ग अर्थात् आधारभूत वर्गका बीचमा सामन्तवादी उत्पादन प्रणालीमा आधारित नभएर ट्रान्जिसनल प्रकारको विकसित सम्बन्ध देखिन्छ । बजार र उत्पादनबीचमा विशेषगरी तराई क्षेत्रमा सप्लाईतर्फ अगाडि बढेको छ । त्यसको पछि राजा अर्थात् शाही शासनको अन्त्य हुन पुग्छ । यसरी राजनीतिक उपरिसंरचनाको सामन्तवादी प्रकारको नरहेको देखिन्छ । यसरी बुर्जुवा प्रजातन्त्रको एक कोर्स पूरा भइसकेको छ ।

आज पनि भारतीय प्रजातन्त्रको कुरा गर्दा अर्थ तथा राजनीतिक अवस्थाको विश्लेषण गरेर राज्य र क्रान्तिको निर्धारण गरिनु पर्दछ जसरी विप्लवजीहरूले नयाँ अभ्यास गर्नुभएको छ । रोजा लक्जेम्बर्ग, बाकुनिन, बुखारिन र लेनिनले साम्राज्यवादको व्याख्या गरे यद्यपि लेनिनले व्याख्या गरेको साम्राज्यवादका मुख्य ५ वटा लक्षण नै उत्तम व्याख्या थिए । विप्लवजीले उत्तरसाम्राज्यवादले प्रसस्त मात्रामा आर्थिक तथा राजनीतिक परिवर्तन भयो भन्नुभएको छ । त्यो पनि ठीक कुरा हो । तर उत्तरसाम्राज्यवादमा आइपुग्दा साम्राज्यवादका पाँचवटा विशेषता पार गर्दै नयाँ अवस्थामा पुगेको भन्ने हो । यद्यपि परिवर्तन आएपछि हामी साम्राज्यवादकै अवस्थामा छौँ । हामी उत्तरसाम्राज्यवाद भनेर व्याख्या गर्छौँ भने यसको राजनीतिक–आर्थिक सम्बन्ध के हो ? यसका विशेषता के हुन् ? पुँजीको स्वरूप के हो ? अब विश्वको अगाडिको अवस्था के रहने ? त्यसका बारेमा प्रसस्त व्याख्या हुन जरुरी छ । यसरी कुनै विषयमा ६ पेज अथवा १० पेजमा व्याख्या गर्नु मुख्य कुरा होइन, मुख्य कुरा विश्वको आयात, निर्यात र सङ्क्रमण अवस्थाको प्रकृति के हो ? हामीले किन यसलाई उत्तरसाम्राज्यवाद भनिरहेका छौँ ? यस्तै विप्लवजीको दस्ताबेजमा दलाल पुँजीवादको व्याख्या गरिएको छ । यस्तै खालको बहस भारतमा पनि उठेको थियो । यसको सबभन्दा पहिले व्याख्या गर्ने व्यक्ति माओ त्सेतुङ थिए । उनले भनेका थिए : दलाल पुँजीवादको आफ्नो विशेष भूमिका त हुँदैन तर योे साम्राज्यवादी पुँजीको आडमा टिकेको हुन्छ यसरी नेपाली पुँजी पनि साम्राज्यावादको चेपुवामै परेको छ । नेपाली पुँजी मर्कन्टाइल प्रकारको रहेको छ । उत्पादन अत्यन्तै न्यून अवस्थामा छ । एउटा बिस्कुट उत्पादन गर्न नसक्ने अवस्था छ । यही दलाल पुँजीवाद विद्यमान रह्यो भने औपनिवेश, अर्धऔपनिवेश र नवउपनिवेश पनि रहेको छ । त्यहाँ २ प्रकारका पुँजीपति रहन्छन् : पहिलो साम्राज्यवादका पक्षमा देखिन्छ जो सानो अंशमा हुने गर्दछ । अर्को ठूलो अंश साम्राज्यावादसँग कठोर हुने गर्दछ । सानो बुर्जुवा र ठूलो बुर्जुवाका बीचमा अन्तर्विरोध देखिन्छ । नेपालमा दलाल पुँजीवाद छ भने भूमि सम्बन्ध कसरी परिवर्तन भएकोे छ ? जब दलाल पुँजीपति वर्गको कुरा हुन्छ तब राष्ट्रिय पुँजीपति पनि हुन्छ । योे सीआरसी थेसिस हो । दलाल पुँजीवादको कुरा गर्दा अब ४ वर्गको रणनीतिक मोर्चा बन्छ जसमा राष्ट्रिय बुर्जुवा वर्ग पनि सामेल हुन्छ । यसरी जनवादी क्रान्ति हुन्छ, समाजवादी क्रान्ति हुँदैन ।

जब चुनाव हुँदै थियो त्यो समय हामीले सुन्यौँ एकातर्फ कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने पार्टी एमाले र माओवादी केन्द्र चुनावमा भाग लिइरहेका थिए । उता विप्लवजी नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी चुनाव खारेज अभियान चलाइरहेको थियो । यसरी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिप्रति प्रतिबद्ध देखिन्थ्यो । हामीलाई खुसी पनि लाग्यो तर जसरी कम्युनिस्ट पार्टी भनेर क्याडरबेस पार्टीबाट मासबेसमा गएको पार्टीको विकल्पका रूपमा नदेखिए पनि दीर्घकालीन रूपमा भने त्यसको वैकल्पिक शक्तिका रूपमा चुनाव बहिष्कार गर्ने शक्तिका रूपमा मान्यौँ । चुनावमा बम विस्फोट भएका घटना पनि सुनिए । यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा धारिलो ध्रुवीकरण हुने देखिएको छ ।

»» भारतको वर्तमान कम्युनिस्ट आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

भारतीय कम्युनिस्ट आन्दोलनको लामो इतिहास छ । यसको सुरुआत नक्सलबाडी क्षेत्रबाट भएको हो । पहिलो चरण चारु मजुम्दार, दोस्रो पीडब्लूजी । यसरी यो ट्रेन्ड सबभन्दा पहिला हामी मैदानमा काम गर्दै थियौँ जो आधारभूत तह थियो । अहिले जङ्गलभित्र ट्राइबल अर्थात् आदिवासी क्षेत्रमा काम गर्छन् । जहाँ विदेशी लगानीमा खानी उत्पादन भइरहेको छ त्यसका विरुद्ध मृत्युको लडाइँ लड्छन् । दोस्रो मध्यम वर्ग जो मजदुर हुन्, उनीहरूलाई क्रान्तिकारी बनाउन लामो समय लाग्छ । उनीहरूलाई क्रान्तिकारी बनाउन लामो प्रक्रियाबाट अघि बढ्नुपर्छ र लामो समय पनि लाग्छ । त्यसपछि उनीहरूबाट नेतृत्वको छिट्टै विकास हुन्छ । आदिवासीहरूबाट आधार तह बन्दछ, संगठन बन्दछ ।

यसरी जंगल क्षेत्रमा मूल्यवान् प्राकृतिक दोहन गर्न पुँजीवादीहरू लागेका छन् । यसरी एक तप्काले छोड्ने र त्यो सँगै अर्को नयाँ क्रान्तिकारीको विकास हुन्छ । जस्तै ल्याटिन अमेरिकी देशहरूमा हेर्न सक्नुहुन्छ । एक पुस्ताले हतियार फाल्छ, आत्मसमर्पण गर्छ तर नयाँ क्रान्तिकारीको जन्म पनि हुन्छ । जस्तो भारतको पूर्वउत्तरमा एक समूह हतियार उठाउँछ त्यस्तै ४/५ वर्षमा अर्को पनि तयार हुन्छ । एक्सन लिन्छ । जब त्यो बुर्जुवा मिडियामा बज्छ तब दूरदराजका जनता आदिबासीहरूलाई लाग्छ– क्रान्ति भइरहेको छ वा छैन ? ऋएक्ष् ःबयष्कत आदिबासी इलाका बस्तरपुरामा बस्ने गर्दछ, छत्तीसगढमा । यसलाई मध्यम वर्गले समर्थन गरेको छ । सहरमा जुन मध्यम वर्ग छ, उसले रोमान्टिक हिसाबले माक्र्सवाद बुझ्न सक्दैन । तर उनीहरूलाई लाग्छ इन्क्लाब गरिरहेका छन् । त्यसको कारण योग क्याम्पसमा, इन्टेलिजेन्समा सङ्गठन निर्माण गरिएको छ । अर्को ट्रेन मास लाइनको अभ्यास गरिरहेको छ । सन् १९७० यता रुसको पार्टीले लिएको नीतिका कारण प्रसस्त परिवर्तन आएको छ तर उनीहरू सन् १९६३ मा चीनमा जुन नीति लागू गरियो त्यही तरिकाले भारतमा पनि क्रान्ति सम्पन्न हुने बुझ्ने गर्दछन् । त्यतिखेरका किसान अहिले आज ठूलो खेतका मालिक बनेका छन् । जो तल्लो वर्गको थियो त्यो उजाडेर झन् गरिब बनेको छ । सर्वहारामा परिणत भएको छ । उनीहरूलाई लाग्छ– उनीहरूलाई जमिन वितरण गरियो । ग्रामसभा, वन विभागको जमिन बाँडे पनि प्रतिपरिवार तीन कट्ठाभन्दा कम भागमा पर्ने देखिन्छ । त्यसरी संसारमा कम्युनिस्ट आन्दोलनमा नभएको नारा निकालियो– किसानको लागत मूल्य घटाउँछौँ ।

अहिले जुन मध्यम वर्ग छ ऊ नै मुख्य ग्राहक रहेको छ । लागत मूल्य तब मात्रै कम हुन्छ जब फ्याक्ट्रीमा काम गर्ने श्रमशक्तिको ज्याला कम हुन्छ र मालिक किसानहरूको युरिया मललगायत अन्य मलहरू सस्तोमा उपलब्ध गराइन्छ । त्यो कस्तो कम्युनिस्ट पार्टी हो जो मजदुरको विरुद्धमा छ । जम्मा ७५ करोडमध्ये ३० करोड औद्योगिक मजदुर मूल्यवृद्धि भएपछि प्रभावित हुने देखिन्छ । त्यससँगै १५–२० प्रतिशत मध्यम वर्ग खरिद गरेर खान्छ ।

अर्को प्रवृत्ति पनि छ जसले माक्र्सवादी तरिका पकडेको छ तर प्राज्ञिक माक्र्सवाद मात्रै पढिरहेको छ । एमएल र अरु यसप्रकारका ७÷८ समूह छन् । उनीहरू बुर्जुवा माक्र्सवादमा विश्वास गर्छन् । जो माक्र्सवादको उलटपुलट पारेर व्याख्या गर्छन् । लेफ्ट रिभ्यु नेपालमा खुब पढिन्छ, भारतमा पनि त्यो क्रम बढ्दो छ । जोसँग पुँजीको पढाइ छैन । जो त्यो डेबिड बुझ्न सक्दैनन्, पूरै पुँजीवादी विकासको उत्पादन सम्बन्धको कुरा छ त्यो कारण उनीहरू भूमण्डलीकरण पूरा सक्रिय राम्रोसँग बुझ्दैनन् । दोस्रो पार्टीभित्र कुनै खतरनाक कुरा पनि गर्छन् जसरी अक्सल रोड जो पार्टीबाट निष्कासन भएका थिए । भूमिगत सर्वहारा वर्गको सङ्गठन पनि हुनुपर्दछ । लेनिनले त्यो विसर्जनवाद हो भनेका थिए । दसौँ कङ्ग्रेसमा अक्सल रोदले पनि प्रचण्डले जस्तै कुरा गरेका थिए । सर्वहारा अधिनायकत्वको कुरा गलत थियो जो रोजा लक्जेमबर्गले पनि भनिन् तर गर्नुभन्दा पहिला यसलाई रेक्टिफाई गरेका थिए । त्यसकारण क्लासिकल माक्र्सवादप्रति रेस्पोन्सिबल नभएका कारण संलग्नता परिवर्तन नभएर रिक्विसेसनतर्फ ढल्किने गरेका छन् । यी दुई कारण प्रवृत्ति हुन् । पहिलो अल्ट्रा माक्र्सवाद र अर्को जडसूत्रीय माक्र्सवाद । तेस्रो तप्का जो समाजवादको बहस गर्छन् तर बोल्सेभिक तरिकाभन्दा फरक तरिकाले सोच्छन् । जो लेनिनभन्दा टाढा जान थालेका छन् । चौथो अर्को प्रवृत्ति पनि भारतमा छ जो ५/६ समूहहरू छन् जसले माक्र्सवाद, लेनिनवाद, माओवाद भन्छन् । समाजवादी क्रान्ति पनि स्वीकार गर्छन् । तर सांस्कृतिक क्रान्तिका विषयमा मौन रहन्छन् । माओ र स्टालिन सर्वहाराका महान् नेता थिए तर सांस्कृतिक क्रान्तिका बेला अन्तर्राष्ट्रिय सम्बन्ध विषय, रुससँगको सम्बन्धमा चिसोपना आएपछि पश्चिमाहरूसँग मिल्नुप¥यो । इथोपियाको सरकारलाई दमन गर्न सघाउनु भूल थियो । यसप्रकारको बुझाइ थियो । यसरी एउटा पार्टी बन्न लामो समय लाग्छ । त्यहाँ जातिको प्रश्न त्यति धेरै राष्ट्रियता हुनु अर्को जातीय, राष्ट्रियता सबै उत्पादन सम्बन्धको कुरा । हाम्रो पनि दुई वर्षमा उत्पादन सम्बन्धको आलोचनासँगै यथार्थको अध्ययन गर्नुपर्ने छ । त्यसका लागि लामो समय लाग्ने देखिन्छ । उनीहरूबीच एकताको खाँचो छ । सन् १९७० मा पार्टी निर्माण ग¥यौँ तर हामी माक्र्सवादी तरिकाले होइन, जडसूत्रवादी तरिकाले अगाडि बढ्यौँ । एउटा एकता चारवटा फुट । पार्टी सीसीएम र पीबीएमका विषयमा कति बनाउने भन्ने बहसमा केन्द्रित भयौँ । हामी सच्चा माक्र्सवादी तरिकाले होइन, सङ्गठनमा केन्द्रित भयौँ । हामी सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादी हुने हो भने ढाँचामा होइन, अन्तरवस्तुमा जानुपर्दछ । करिब ४८ वर्षमा खासै अगाडि गएका छैनौँ । यही अवस्था हो भने १४७ वर्ष अझै लाग्ने देखिन्छ । १९७१ मा जन्मेको बच्चा ४८ वर्षको भैसकेको छ । पार्टीमा द्वन्द्वात्मक भौतिकवादी तरिका लागू गर्नु अनिवार्य देखिन्छ । द्वन्द्वमा हरेक पहलु पटकपटक परिवर्तन भइरहन्छन् ।

»» आजको विश्वको कम्युनिस्ट आन्दोलनको स्थिति के छ ?

आज विश्व कम्युनिस्ट आन्दोलनको कुरा गर्दा भारत मात्र होइन, बङ्गलादेशमा सानो ठाउँमा १३ वटा समूह छन् । टर्कीमा ५ वटा समूह हुनु, फिलिपिन्समा ३ समूह हुनु कहीँकतै पनि एकीकृत समूह छैन । श्रीलंकामा पनि त्यस्तै छ । सानो पार्टी ६० वर्षदेखि अहिलेसम्म चलिरहेकै छ । ५० वर्षदेखि एउटा मात्रै नेता छ । न्यु सिन्थेसिस अगाडि आयो । हामीले त्यतिखेर पनि भन्यौँ । रिमका विषयमा पनि त्यही भन्यौँ । पेरूको राजधानी लिमावरिपरि मात्रै ४८ प्रतिशत आवादी थियो । भूमि सम्बन्ध परिवर्तन भइसकेको छ । हामीले गोन्जालोलाई भनेका थियौँ– तपाईंहरू आइडोलोजिकल गलत हुनुहुन्छ । त्यही भयो । त्यही कमजोरी चीनमा पनि देखियो ।

सर्वसाधारण जनता जो सर्वहारा अधिनायकत्व बुझ्दैनथे, मात्र उनीहरू ख्रुस्चेब मुर्दावाद, माओवाद जिन्दावाद, चीन जिन्दावाद, रुस मुर्दावाद भन्थे । जब ग्रेट डिबेट (महाविवाद) चल्यो त्यो पनि वैचारिक कमजोरीकै परिणाममा कमजोर बन्न पुग्यो । संशोधनवादीहरूसँग क्रान्तिकारीहरूले सामना गर्न सकेनन् । त्यस्तै चारु मजुमदार आफँै जिल्ला सेक्रेटरी पनि थिएनन्, इलाका सेक्रेटरी थिए । भारतजस्तो देशको क्रान्तिको नेतृत्व गर्ने स्थानमा पुगे । टर्कीका कायब कायसहिद भए । यसरी संसारमा राजनीतिक वैचारिक सङ्घर्ष नेतृत्वले समयमै छेड्न सक्नुपर्छ । ग्रेटालिय फरवार्ड १९५७ मै छेडिएको भए संसारमा नयाँ परिपक्वता आउँथ्यो । फिलिपिन्समा पनि वैचारिक मतभेद भएपछि आन्दोलन कमजोर बन्न पुग्यो । १९७६ मा विभिन्न पार्टीले कम्युनिस्ट आन्दोलन उठान गर्ने पहल लिए । त्यो सकारात्मक पक्ष थियो तर उनीहरूले भरपर्दो विकल्पका रूपमा भने क्षमता राख्दैनथे ।

१९९६ पछि भूमण्डलीकरणको समय आयो । त्यो समय कुनै एक औपनिवेशद्वारा संरक्षित बजार थिएन । सोमालिया, इरानका तानाशाह एलसिना रोको समय गइसक्यो । आज कुनै बहुराष्ट्रिय निगमलाई कुनै सैन्य समूहले संरक्षण गरेको पनि छैन । लेनिनको समयमा उत्पादनका क्षेत्रमा ८० प्रतिशत र विज्ञापनलगायत अन्य क्षेत्रमा २० प्रतिशत लागेको थियो । आज ठीक उल्टो छ । पुँजी २० प्रतिशत उत्पादन क्षेत्रमा र ८० प्रतिशत अनुत्पादक क्षेत्रमा छ । यसरी लेनिनको समयभन्दा फरक तरिकाले साम्राज्यवाद अगाडि आएको छ । उत्पादन, वितरण विशेषगरी आर्थिक तथा राजनीतिक क्षेत्रमा फेरबदल भएको छ । आज स्टालिन, माओजस्ता विश्वनेता छैनन् । हाम्रासामु जसरी १८७२ विचलन डिप्रेसन, कन्फ्युजन, डिस्केन्ट्रिगेसन चलेको थियो । ठीक १९७६ यता पनि त्यस्तै अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन छ । यद्यपि यो सिद्धिएको छैन । आज दर्शन, राजनीति, अर्थशास्त्र र समाजवादलाई सही ढङ्गले बुझ्नसक्ने नेतृत्वको आवश्यकता देखापरेको छ जसले यी सबैको समाधान दिन सकोस् । जसरी लेनिनको समयमा क्रान्ति पूरा भयो त्यो वैज्ञानिक कारण थियो । आज विज्ञान तथा प्रविधि जसले पकड्न सक्दैन त्यो क्रान्ति असफल हुन्छ । क्रान्ति अङ्कगणितीय हिसाबमा अगाडि बुझ्दैन । यो ज्यामितीय आकारले अगाडि बढ्छ । यहाँ कोरिया, क्युबा र हुँदाहुँदै ह्युगो चाभेजले पनि म समाजवादी हुँ भनेका थिए । उनले शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक कुराको सम्बन्ध राज्यले नै गर्ने पहल लिए । आज समाज कल्याणकारी कार्ययोजनालाई समेत समाजवाद भन्न थालिएको छ । जबसम्म यो अन्योल चिर्ने नयाँ नेतृत्वको विकास हुँदैन तबसम्म विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा नै रहने देखिन्छ ।

»» तपाईंले नवउदारवादलाई कसरी हेर्नुभएको छ ?

पहिलो कुरा पुँजी अतिकेन्द्रित भएको छ । यसले निगमीय पुँजीको स्वरूपमा तयार पारेको छ । कुनै बहुराष्ट्रिय निगमले श्रमिकहरूमा विभाजन ल्याएको छ । कुनै एउटा दिल्लीको मारुती सुजुकी कम्पनीमा श्रमिकहरूलाई तीन प्रकारले ज्यालामा लगाइने गरेको छ :

पहिलो कन्ट्याक्ट, केही मजदुरलाई दक्ष भनेर अर्कोलाई अदक्ष तथा नन् स्किल्ड भनेर । यसरी मजदुर–मजदुरको बीचमा पनि विभाजनको रेखा कोरेको छ ।Uncatagorised labour, in formalization of labour, contract labour, preforlization labour/feminazation of labour का रूपमा विभाजित गरिएको छ ।

दोस्रो : पुँजीको निर्यात पहिलो विश्वबाट तेस्रो विश्वमा भारी मात्रामा भइरहेको छ । पुँजीको जो मदर कन्ट्री (पुँजी भएको देश) त्यसले आफ्नो देशमा होइन अर्को देशमा पुँजी पठाएर त्यहाँका स्रोतसाधन दोहन गर्ने र ठूलो मात्रामा नाफा भित्र्याउने, त्यस्ता देशहरूमा सस्तो श्रमशक्ति हुने गर्दछ । स्वाभाविक रूपमा उत्पादन पनि सस्तोमा बन्ने हुँदा एकाधिकार मच्चाइरहेका छन् ।

तेस्रो : लेनिनको पालामा बहुराष्ट्रिय निगम वा औद्योगिक देशमा बढी व्यापार हुन्थ्यो । यद्यपि अहिले पनि ती औद्योगिक देशमै बढी कारोबार हुन्छ । तर यसको तेस्रो विश्वमा सिफ्टको मात्रा बढेको छ ।

चौथो : लगानी अनुत्पादक क्षेत्रतर्फ केन्द्रित गरिएको छ । यो दोस्रो विश्वयुद्ध पहिले पनि गरिन्थ्यो तर अत्यन्तै कम मात्रामा मात्र गरिन्थ्यो ।

स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत २३ गते अपरान्ह १ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!