क्रान्तिकारी विद्यार्थीका जिल्ला सह–सचिव पौडेल गिरफ्तार

काठमाडौं : अखिल (क्रान्तिकारी) चितवनका जिल्ला सह–सचिव सुदीप पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । बिनाकारण सोधपुछको लागि भन्दै गत आइतबार सप्तगण्डकी बहुमुखी क्याम्पस परिसरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको, हालसम्म पौडेलको स्थिति सार्वजनिक नगरिएको भन्दै पश्चिम ताम्सालिङ क्षेत्रीय समन्वय समितिका संयोजक बद्री अधिकारीले विज्ञप्ति जारी गरी तत्काल बिनाशर्त रिहाइको माग गरेका हुन् ।
२०७४ चैत २२ गते अपरान्ह ७ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :