नेकपाका ५ नेता–कार्यकर्ता रिहा

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताकार्यकर्ता रिहा भएका छन् । नेकपा, कैलालीका नरेन्द्र विक, भरत शाह, कमल क्षेत्री, हृदयराज बोगटी र पुरण खनाललाई बिहीबार कैलाली जिल्ला अदालतको आदेशमा रिहा गरिएको हो । उनीहरुलाई कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले फागुन र चैत महिनामा विभिन्न मितिमा, विभिन्न समयमा घर र कार्यक्षेत्रबाट गिरफ्तार गरेको थियो ।  अदालतमा बयान दिने क्रममा घाइते मेयर चौधरीले आफुमाथि गोली हान्नेहरु आफूले नचिनेको र गिरफ्तार गरिएकामाथि घटनाको शंका नलागेको बताएपछि अदालतले अभियुक्त पाँचै जनालाई तत्काल रिहा गर्न आदेश दिएको समाचार प्राप्त भएकाे छ । नेकपा, कैलालीले आफ्ना नेताकार्यकर्ताहरुलाई झुटा आरोपमा गिरफ्तार गरेर हिरासतमा राखिएको भन्दै नेकपा कैलालीले एक प्रेस विज्ञप्तिमार्फत बन्दीहरुको तत्काल बिनासर्त रिहा गर्न चेतावनी दिएको थियो ।
२०७४ चैत २२ गते अपरान्ह ७ २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :