मोरङमा खानतलासी तीव्र

काठमाडौँ : प्रहरीले मोरङमा नेकपाका कार्यकर्ताको घरमा खानतलासी तीव्र पारेको छ । मोरङ संवाददाताका अनुसार प्रहरीले पार्टीका मोरङ सेक्रेटरी तथा जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डर रहेका युगीन, नेकपा कोसी ब्युरो सदस्य महावीरलगायत नेताको कोठामा खानतलासी गरेको नेकपाले जनाएको छ । पार्टी नेता र कार्यकर्ताको घरमा खानतलसी गर्ने र दुःख दिने कार्यप्रति आपत्ति जनाउँदै यस्तो कार्य तत्काल बन्द गर्न पार्टीले चेतावनी पनि दिएको छ ।

२०७४ चैत २२ गते बिहान ६ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :