केपीको भारत भ्रमणको चार पार्टीले विरोध गर्ने


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी, नेकपा(मसाल), नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा सहितका चारवटा पार्टीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत २४ गतेका दिन हैदरवाद हाउसबाट डिजिटल विधिद्वारा गर्न लागेको अरुण–३ को शिलन्यासको विरोध गर्ने भएको छ । लामो समयदेखि संयुक्त कार्यक्रम गर्दै आएका उक्त ३ पार्टीद्वारा यही चैत २१ गते बैठक बसी गरिएका निर्णय संयुक्त पे्रस वक्तव्य जारी गरिएको छ । मोदी र केपीले शिलन्यास गर्दैगर्दा चार पार्टीले रत्नपार्कमा विरोध सभा गर्ने निर्णय पनि भएको छ ।

वक्तव्यमा भनिएको छ “नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताद्ध गर्न आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउन, राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धि परस्पर सहमति भएका विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्ष गर्न सहमत भएको छ । तत्कालका लागि संघर्षका कार्यक्रमको घोषणा गरिएको छ । सरकारले शान्तिपूर्ण संगठन भेला संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने निणर्य लिइएको छ । यही वैशाख ३ गतेका दिन राष्ट्रियता सम्बन्धि अन्तरक्रिया गर्ने निर्णय पनि भएको छ ।”
२०७४ चैत २२ गते मध्यान्न १२ ०८ मा मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :