नेकपाका कार्यकर्ता गिरफ्तार / रिहाइ नगरिए संघर्षमा जाने चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता इमान सि थिङलाई प्रहरीले गिरफ्तार गरेको   थिङलाई मकवानपुर जिल्लाको मनहरी ३ स्थित सिद्धावालीमा रहेको बुधबार बिहान ४ बजे घरमा सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय मकवानपुरले गिरफ्तार गरेको हो । यसैबीच नेकपा मकवानपुर जिल्ला इन्चार्ज ज्वाला र सेक्रेटरी अनुरागले संयुक्त हस्ताक्षर गरेको पत्र जारी गर्दै आफ्ना गिरफ्तार परेका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार, अपहरण जस्ता राज्य आतङ्क तत्काल बन्द गर्न माग गरेका छन् । घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाउँदै आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई नगरे संघर्षको कार्यक्रमलाई तीव्र रुपमा अघि बढाउन बाध्य हुने प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
२०७४ चैत २१ गते अपरान्ह ५ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :