शैक्षिक विकृतिको विरुद्ध क्रान्तिकारी विद्यार्थीको विरोध

काठमाडौँ : अखिल (क्रान्तिकारी) चितवनले व्याप्त शैक्षिक विकृतिको विरुद्ध विरोध गरेको छ । उक्त चितवनका अध्यक्ष रमेश लामिछानेले आइतबार एक विज्ञप्ति जारी गरी देशमा व्याप्त शैक्षिक विकृतिलाई सच्याउन माग गरेका छन् । विज्ञप्तिमा शैक्षिक विकृति अर्थात् भ्रष्टाचार, माफियाकरण, व्यापारीकरणका विरुद्धमा सधैं भण्डाफोर गर्दै सडक बाघको रुपमा आफ्नो संगठन स्थापित भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा अगाडी भनिएको छ “पछिल्लो समयमा चितवनमा प्याब्सन, इक्यान तथा विभिन्न शैक्षिक इन्ष्टिच्यूटहरुले नयाँ शैक्षिक सत्रको मौका छोपी शिक्षा क्षेत्रको सामान्य मूल्य र मान्यता समेत बिर्सी यो वा त्यो बहानामा विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने गरी शुल्क वृद्धि गरेकोप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ ।” त्यसैगरी विज्ञप्तिमा ब्रिज कोर्षको नाममा आफुखुशी शुल्क निर्धारण गरेकोप्रति विरोध गर्दै शैक्षिक क्षेत्रलाई विशुद्ध कमाउने थलोको रुपमा लिइएको जनाइएको छ । अध्यक्ष लामिछानेका अनुसार शैक्षिक विकृतिको अन्त्य गर्दै शुल्कमा एकरुपमा कायम गर्न माग गरिएको बताए ।
२०७४ चैत २१ गते अपरान्ह ३ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :