राज्य आतङ्क बढ्यो / सर्लाही र सिन्धुलीमा पनि गिरफ्तार

रोहित ढकाल/जनकपुर : सर्लाही र सिन्धुलीमा प्रहरी प्रशासनले अनावश्यक गतिविधि गरी स्थानीय जनतामा आतङ्क सिर्जना गरेको छ । सर्लाही र सिन्धुलीबाट नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तारसमेत गरेको छ । खासगरी सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका र त्यसको वरपर प्रशासनले जनयुद्धकाल कै झल्को आउने गरी अनावश्यक गतिविधि गर्ने, जनतालाई दुःख दिने, गिरफ्तारी गर्ने काम गरिरहेको स्थानीयहरु बताउँछन् ।

मंगलबार प्रहरीले नेकपाका हरिहरपुर गढि गाउँपालिकाका इन्चार्ज तथा सिन्धुली जिल्ला सदस्य कपिललाई गिरफ्तार गरेको छ । त्यस्तै सर्लाही जिल्लाको अधिकांश ठाउँमा प्रहरी प्रशासनले जनतालाई आतङ्कित पार्दै आएको खबर छ । मंगलबार नै अखिल नेपाल भूमिहिन सुकुम्बासी संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा नेकपाका सर्लाही जिल्ला सदस्य मोहन सहनीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

जनकपुर ब्युरो इन्चार्ज अरुणले ‘गिरफ्तार गरिएका सबै कमरेडहरुलाई तत्काल रिहा गर्न तथा अनावश्यक रुपमा संकटकालमा जस्तो आतङ्क नमच्चाउन प्रहरी प्रशासन तथा राज्यलाई विशेष अनुरोध गरेको जानकारी दिनुभयो । अन्यथा त्यसको प्रतिकार गर्न पार्टी बाध्य हुने जानकारीसमेत रातोखबरलाई दिनुभयो ।
२०७४ चैत २१ गते अपरान्ह १ : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :