महिला संगठनको भेला सम्पन्न

 

रोहित ढकाल/जनकपुर : अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को संयुक्त वडा भेला सम्पन्न भएको छ । धनुषा जिल्लास्थित मिथिला बिहारी नपाको १ नं. वडा, धनुषाधाम नपाको ३ नं. वडा र धनुषाधाम नपाकै ५ नं. वडाको संयुक्त भेला मंगलबार मिथिला विहारी नपा–१ स्थित भुतही पटेर्वामा सम्पन्न भएको हो ।

संगठनका जिल्ला संयोजक रेखाको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य देवनारायणको प्रमुख आतिथ्य तथा पार्टीका धनुषा इन्चार्ज राजु, सेक्रेटरी अमर, योङ्ग रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य मोहित, केन्द्रीय सदस्य कलिम, मजदुर संगठनका देव, मधेशी मोर्चाका किशोरी, सहिद परिवारबाट सुवेदा खातुनको आतिथ्य रहेको उक्त भेलाद्वारा मिथिला बिहारी नपा वडा नं. १ मा सावित्रीदेवीको संयोजकत्वमा ७ सदस्यीय वडा समिति चयन भयो ।

त्यस्तै धनुषाधाम नपा वडा नं. ३ मा सीमादेवीको संयोजकत्वमा ९ सदस्यीय वडा समिति चयन भयो भने धनुषाधाम नपा कै ५ नं. वडामा ताराको संयोजकत्वमा ७ सदस्यीय वडा समिति गठन भयो ।

त्यस्तै उक्त कार्यक्रममा नेकपाले सहिद परिवारलाई सम्मानितसमेत गरेको छ । प्रमुख अथिति देवनारायण, अतिथिहरु धनुषा इन्चार्ज राजु तथा सेक्रेटरी अमरले जनयुद्धका सहिद मन्सिफ राइनकी धर्मपत्नी सुवेदा खातुनलाई सम्मान–पत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको हो ।

मन्सिफलाई हालको धनुषाधाम नपा ४ गौरिपुर स्थित वहाको आफ्नै घरबाट सेनाले गिरफ्तार गरी मिथिला विहारी नपा १ स्थित पशुरामतोलामा २०६१ साउन १३ गते गोली हानी हत्या गरेको थियो ।
२०७४ चैत २१ गते बिहान ११ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :