बालकृष्णको रिहाइको माग गर्दै सभा

काठमाडौँ : जनयुद्धमा तत्कालीन सत्ताले लगाएको मुद्दालाई लिएर जनयुद्धका एक योद्धा बालकृष्ण ढुङ्गेललाई सर्वाेच्चले सर्वस्वसहितको जन्मकैदको फैसला सुनाई गिरफ्तार गरेर सदरखोर डिल्लीबजारमा थुनेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूले मंगलबार सभा गरेका छन् ।

अहिले जनयुद्धका मुख्य योजनाकारहरूमध्येका एक रामबहादुर थापा (बादल) ले गृह मन्त्रालय समालेका छन् । उनको गृह प्रशासनमातहत रहेको प्रहरीले शान्तिबाटिकामा जुलुससहित परिक्रमा गरेका प्रदर्शनकारीलाई रोकावट गरेपछि केहीबेरको घम्साघम्सीपछि आन्दोलनकारीले कार्यक्रमलाई सभामा परिणत गरेका थिए ।


उक्त सभालाई योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिवले सम्बोधन गरेका थिए । उनीहरूले ‘माके–एमालेको सरकार चलिराख्दा प्रचण्डको नेतृत्वमा चलेको जनयुद्धका योद्धामध्ये एकजना त्यही मुद्दामा जेल परेका छन् । अहिले कार्यकर्ता जेलमा, नेताहरू सत्तामा टाँसिएर रसस्वादन गरिरहेका छन् । यो सरकारले ढुङ्गेललाई तुरुन्तै रिहा गर’ भनेका थिए ।

२०७४ चैत २० गते अपरान्ह ७ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :