चौधरी ग्रुप र कालिका कन्स्ट्रक्सनमा शक्तिशाली विस्फोट

काठमाडौँ : नवलपरासीस्थित देवचुलीमा रहेको चौधरी ग्रुपको अन्तर्राष्ट्रिय पार्क कक्षको प्रशासनिक भवनमा शक्तिशाली बम विस्फोट भएको छ समाचार प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म उक्त विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।शक्तिशाली बम विस्फोटका कारण भवनमा ठूलो क्षति पुगेको जनाइएको छ । बिहानको समयमा विस्फोट भएकाले मानवीय क्षति नभएको बताइएको छ । अहिले घटनास्थलमा प्रहरीको ठूलो उपस्थिति रहेको छ भने सर्वसाधारण तथा पत्रकारलाई समेत जान दिएको छैन । त्यसैगरी चैत २० गते नै कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा पनि आगजनी र विस्फोट भएको समाचार प्राप्त भएको छ । मकवानपुरको हेटौँडा र सिन्धुलीको सीमामा पर्ने हरिहरपुरगढी ५ झ्याडीस्थित क्याम्पमा गए राति विस्फोट र आगजनी भएको जनाइएको छ ।
घटनास्थलबाट प्राप्त जानकारीअनुसार आगजनीबाट एउटा बोलेरो जिपमा पूर्ण क्षति र दुईवटा ट्रिपरमा आंशिक क्षति भएको छ । १० वटा डोजर र १० वटा ट्रिपरमा पनि क्षति पुगेको बताइएको छ । उक्त विस्फोट र आगजनीबाट करोडौँ मूल्यबराबरका मेसिन, गाडी र भवनमा क्षति पुगेको बताइएको छ ।
२०७४ चैत २० गते अपरान्ह ७ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :