गार्मेन्ट तथा टेक्सटायल मजदुर संघले छुट्टाछ्टटै नेतृत्व चयन गर्दै छैठौं जिल्ला सम्मेलन सम्पन्न

 

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत अखिल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटाएल मजदुर संघको छैठौं काठमाडौँ जिल्ला भेला बुधबार सम्पन्न भएको छ । भेलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका मजदुर साधारण शाखा सेक्रेटरी देव परियारको प्रमुख आतिथ्य एवं पूर्वी ताम्सालिङ ब्युरो संयोजक विनोद थापा, काठमाडौँ जिल्ला महासंघका संयोजक नारायण तोलाङ्गी उपस्थितिमा राम लाखेको अध्यक्षतामा सम्पन्न भएको हो । भेलाले राजन कौशल (आक्रोश)को अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । सदस्यहरु समिर पोखरेल, कृष्ण नेपाली, प्रकाश श्रेष्ठ, ज्ञानु नेपाली, लक्ष्मी नेपाली,बद्रि नेपाली, नरेश छिनाल, विनोद नेपालीलगायत रहेका छन् । यसैबीच अखिल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटायल मजदुर संघको छैठौँ ललितपुर जिल्ला भेला कुमार घिसिङको अध्यक्षतामा सम्पन्न गरिएको छ । भेलाले ९ सदस्यीय समिति चयन गरेको छ । सदस्यहरुमा लालु दाश, ज्ञानबहादुर तामाङ, अर्जुन महत, राजन देसार, मानबहादुर तामाङ, अशोक तामाङ, राजकुमार तामाङ छन् । कार्यक्रमको सञ्चालन टिका घिमिरेले गरेका थिए ।
२०७४ चैत १८ गते अपरान्ह ५ ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :