क्रान्तिकारी सिलाई मजदुर संघको राष्ट्रिय सम्मेलन

 

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक अमर झाक्रीको प्रमुख आतिथ्य एवं नेकपाका केन्द्रीय आर्थिक विभाग सेक्रेटरी प्रेम दर्नालको विशेष अतिथ्यमा अखिल क्रान्तिकारी सिलाई मजदुर संघको छौठौं राष्ट्रिय सम्मेलन बुधबार काठमाडौँको बालुजुमा सम्पन्न भएको छ । सम्मेलनले शिव परियार (संघर्ष)को अध्यक्ष्यतामा ६ जनापछि थप्ने गरी २१ जनाको केन्द्रीय समिति चयन गरेको छ । कार्यसमितिहरुमा उपाध्यक्ष विशाल रणपाल, महासचिव भरत परिवार, सचिव खड्ग धामी, कोषाध्क्ष अकबर अठसारी र सदस्यहरु संजय लाखे, सन्तोस ठटाल, दिपक महत, मकवुर अठसारी, संजय नेपाली, सुरेश नेपाली, ज्ञानु नेपाली, प्रमुद चौधरी, शरद नेपाली र गोविन्द परिवार छन् भने निरञ्जन नेपाली नेतृत्वमा ४ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सहदस्यहरुमा जयबहादुर, युवराज धामी र जिवन दर्नाल रहेका छन् । उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि झाक्रीले बदलिदो विश्व परिवेशमा नयाँ प्रविधिको निर्माण र विभिन्न विकास निर्माणको काममा मजदुरहरुको महत्वपूर्ण अग्रणी भूमिका रहने तर त्यको प्रयोग र पौच न्यून रहेको र यस संसदीय व्यवस्थामा त्यो सम्भव नहुने हुँदा मजदुरहरुके ुमान पौच, मदजुर मुक्ति र परिवर्तणको निम्ति वैज्ञानिक समाजजाद नै एक मात्र विकल्प रहेको बताएका छन् ।
शिव परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको भरत परिवारले सच्चालन गरेका थिए भने स्वागत मन्तव्य निरञ्जन नेपालीले गरेका थिए ।
२०७४ चैत १८ गते अपरान्ह ४ २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :