दाङका विभिन्न निर्माणधिन सडक, पुलहरुको निर्माण कार्यमा भइरहेको ढिलाईप्रति योङ रेड फोर्सको गम्भीर ध्यानार्षण

जानकी दहित / दाङ : दाङका विभिन्न स्थानमा निर्माणधिन सडक तथा खोलाका पुलहरुको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति योङ रेड फोर्सले गम्भीर ध्यानार्षण भएको भन्दै यथाशिघ्र सम्पन्न गर्न माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन योङ रेड फोर्सका केन्द्रीय सचिवालय सदस्य तिलक योगीको नेतृत्वमा रेड फोर्स दाङका सचिव मनोज परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र आइताबार सडक डिभिजन कार्यालय घोराही र यातायात व्यवस्था कार्यालय दाङमा बुझाउदै उक्त माग गरेको छ ।

घोराही र तुलसीपुरको बाटो फराकिलो र उक्त बाटो निर्माण सम्पन्न गर्ने समय सकिदा समेत बाटो र खोलामा पुल निर्माण कार्य सम्पन्न नहुनु निकै गम्भीर र रहस्यमय भएको र अझै पनि निर्माण कार्य ढिलासुस्ती हुदाँ जनताले निकै सास्ती ब्यहोर्नु परेको, यसमा सडक विभाग गम्भीर नदेखिएको र अर्कोतिर निर्माण कम्पनिको पनि चरम लापरबाही भएकोप्रति जनगुनासो व्यापक आएकाले गम्भीर ध्यानार्षणसहित उक्त ज्ञापन पत्र बुझाएको बताएको छ ।


संसदीय व्यवस्थाले सिर्जना गरेको युवा बेरोजगार विरुद्ध र राज्यको तर्फबाट भइरहेको ढिलासुस्ती र भ्रष्टाचारका विरुद्ध संघर्ष केन्द्रीत राखेको भन्दै उक्त कार्य यथाशिघ्र सम्पन्न नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ । 

२०७४ चैत १८ गते अपरान्ह ४ १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :