सागरनाथ वन विकास परियोजनाको केन्द्रीय कार्यालयमा शक्तिशाली बम विष्फोट

 

रोहित ढकाल/जनकपुर : सर्लाही ईश्वरपुर नपा ४ स्थित सागरनाथ वन विकास परियोजनाको केन्द्रीय कार्यालयमा शनिबार राती शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटबाट केही क्षती पुगेको परियोजना स्रोतले जनाएको छ । विष्फोट कसले गरायो भन्ने अहिलेसम्म पुष्टी भएको छैन ।  विष्फोट स्थलमा भेटिएको पर्चामा सागरनाथ वन विकास परियोजनामाथि कारबाही किन भन्ने शिर्षक दिँदै सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था बिना उनीहरुले लगाएको खेतिपातीमाथि डोजर लगाउने काम गरेको, सुकुम्बासीहरुलाई बिनाकारण झुट्टा मुद्दा लगाएर फसाउने र जेल चलान गर्ने काम गरेको, आगामी दिनमा थप सुकुम्बासीहरुलाई उठाउने योजना बनाएको, स्थानीय दलालहरुसँग मिलेर सुकुम्बासीहरुलाई उठाउने योजना बनाएको, सागरनाथ बन परियोजना अन्तर्गतका खयरलगाएतका काठहरु कौडिको मुल्यमा बेचेको, थोरै काठ बेचेर बाँकी काठ चोरी, निकासी र पैठारी गरेको, ठेकेदारहरुलाई अवैध ढंगले चलखेल गरेकोलगायत आरोपहरु लगाइएको छ ।
साथै, गए राती नै सुकुम्बासीहरुले सर्लाही हरिवन नपा ६ घुर्कौली स्थित सागरनाथ वन विकास परियोजनाको कुरुवा घर (टावर) माथि आगजनी गरी ध्वस्त बनाइदिएको खबर छ ।
२०७४ चैत १८ गते अपरान्ह ३ ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :