बागमती नगर इन्चार्ज गिरफ्तार

रोहित ढकाल / जनकपुर : नेपाल कम्युनिस्ट पार्टीका बागमती नगर इन्चार्ज मानबहादुर वाईवालाई प्रहरीले गिरफ्तार गरेको छ । सर्लाही जिल्लाको बागमती नगरपालिका ४ स्थित आफ्नै घर नजिकै मर्निङवाक गरिरहेको अवस्थामा वाईवालाई सोमबार अर्थात चैत १९ गते बिहान ७ बजे गिरफ्तार गरेको हो । उक्त घटनाप्रति नेकपा सर्लाही जिल्ला समितिले घोर विरोध तथा भत्र्सना गर्दै विज्ञप्ति निकालेको छ । नेकपा सर्लाही जिल्ला इन्चार्ज विश्वक्रान्तिद्वारा प्रकाशित उक्त विज्ञप्तिमा भनिएको छ – ‘नेकपा सर्लाही जिल्ला समिति तत्काल उहाको रिहाईको माग गर्दछ । यदि तत्काल रिहाई नगरे कडा भन्दा कडा संघर्षमा उत्रने र त्यसबाट निस्कने परिणामको जवाफदेही दलाल प्रशासन र राज्यसत्ता हुनुपर्ने छ ।’
२०७४ चैत १९ गते बिहान १० : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :