थबाङमा प्रहरीको घेराभित्र जनसत्ता घोषणा

 

काठमाडौँ : रोल्पाको थबाङमा नेपाल कम्युनिस्ट पार्टीले तेस्रो जनसत्ता घोषणा गर्न लागेको कार्यक्रम रोक्नकाे लागि सुरक्षाकर्मी परिचालन गरेपनि जनसत्ता गठन गरिएको छ । शनिबार बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थबाङमा परिचालन गरिएको हो । समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीतिअनुसार प्रहरी परिचालन गरिए पनि नेकपाले थबाङमा जनसत्ता घोषणा गरिएकाे रोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले जानकारी दिएका छन् । नेकपाको पकड बलियो रहेको मानिने थबाङमा प्रहरी परिचालन भएपनि स्थानीयहरु विशेष सहभागीतामा  जिल्ला जनपरिषद घोषणा गरिएको छ । तत्कालिन माओवादी युद्धको झल्को दिने गरी बिहान उज्यालो नहुदै प्रहरीको हुल गाउँपसे पनि स्थानीयहरुको सहभागीतामा विश्वले नेतृत्व गरेको जनपरिषद, नेपाल, रोल्पा घोषणा गरिएको हाम्रा संवाददाता रोल्पाले जानकारी दिएका छन् ।
२०७४ चैत १८ गते मध्यान्न १२ :५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :