आफ्ना नेता-कार्यकर्ता तत्काल रिहाइ नगरिए कडा संघर्ष गर्ने नेकपा झापाको चेतावनी

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी झापाले आफ्ना नेताकार्यकर्ताहरुलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । बिहीबार नेकपाका मेची ब्युरो सदस्य दिपक लोकान्द्री ‘दर्शन’ र पार्टी जिल्ला सदस्य दिपक कुरुवाङलाई घरमा बसिरहेको अवस्थामा गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ । शनिबार मध्यान्न जिल्ला सेक्रेटरी सौगात आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै राज्यको यस्तो क्रियाकलाप तक्काल बन्द गरी गिफ्तार गरिएकाहरुलाई रिहाइ नगरिए कडा संघर्षमा जान बाध्य हुने बताएका छन् ।

२०७४ चैत १७ गते अपरान्ह ५ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :